
पाेखरामा मजदुरि गर्न पुगेका लकडाउनकाे कारणले समस्यामा परेका केही मजदुरलाई समाजसेवी लाल शाेभा गरुङले खाद्यान्न सहयोग गरेकि छिन ।पोखरा महानगर वडा न. ७ निवासी गुरुङले अत्यन्तै नाजुक अवस्थामा रहेका मजदुरलाई तीन हजार पाँच सय बराबरकाे खाद्यान्न सहयोग गरेकि हुन ।
खाने केही पनि रहेनछ म पनि समस्यामा अरु सगै मागेर खाने मान्छे हु अहिले म सग छ उनिहरु सग छैन त्यसैले सहयोग गरेको हु गुरुङले भनिन । गुरुङले प्रतिब्यक्ति दुई बाेरा चामल, तेल, नुन , मस्यौरा, दाल, आलु, २ किलो गेडागुडी सहयोग गरेकि हुन । गुरुङ पाेखराका थुप्रै सामाजिक सघं सस्थामा आबद्ध छिन ।
म धेरै संस्थामा आबद्ध भएर समाज सेवा गर्छु यसपटक चाहिँ मैले ब्यक्तिगत रुपमा सहयोग गरेको हु उनले भनिन ।मलाई चर्चामा आउन केही छैन समस्यामा परेकाहरुकाे पिडाले मन दुख्छ मैले मेहनत गरि कमाएको खर्चले भित्रि मन बाट सहयोग गरेको हु उनले भनिन ।उनले कम्तिमा पनि एकजनालाई २ महिना पुग्ने खाद्यान्न सहयोग गरेकि छिन ।एउटै काेठामा बसेका चार जना राहत पाएपछि केही दिन समस्या टर्ने भन्दै खुसि भएका छन ।