
मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने माग मदिरा व्यवसायीहरुले गरेका छन् । नेपाल मदिरा व्यवसायीमहासंघले एक विज्ञप्ती जारी गर्दै लकडाउनको अवस्थामा अत्यावश्यक बस्तुको नाममा विभिन्न मार्ट र भाटभटेनीहरुले खुलेआम मदिराको विक्री वितरण गरेका कारण मदिरा व्यवसाय गर्दै आएका व्यवसायीहरु मर्कामा परेको हुँदा निर्वाधरुपमा व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गरेको छ ।
मदिरा व्यवसाय बन्द हुँदा अवैध मदिराको बिक्री वितरण बढ्दै गएको महासंघले जनाएको छ । यो परिस्थितिमा राज्यबाट कानुन वमोजिम विभिन्न निकायमा दर्ता भई मदिरा सम्वन्धी ऐन नियमहरुलाई पूर्ण पालना गरि राजश्व तिरेर संचालन गरिएको मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने महासंघको माग छ ।
बैशाख २२ गते महासंघका अध्यक्ष सोनाम शेर्पा र महासचिव तारानाथ ढुङ्गानाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– ‘आज सम्पूर्ण मदिरा व्यवसावय बन्द हुँदा यस व्यवसायमा संलग्न व्यवसायीले बैंकको ऋण, ब्याज, कर्मचारीहरुको तलब, घर भाडा, गोदाम भाडा तिर्न नसकी व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेका छन् र यो व्यवसायमा आश्रीत लाखौं मजदुर तथा उनका परिवारहरु लाई समेत समस्यामा परेको छ । देशको कुल राजश्वको २२ प्रतिशत राजश्वमा योगदान गर्ने मदिरा व्यवसायलाई सरकारले संरक्षण गर्नुपर्छ । साथै लकडाउनको समयमा बैंकको व्याज मिनाहा, बिजुलीको महशुल मिनाहा, विमा प्रिमियममा ५० प्रतिसत छुट, घरबहालमा छुट लगायत प्रत्यक्ष र अप्रत्यक्षरुपमा व्यवसाय र व्यवसायीलाई परेको मर्काको उचित सम्वोधन होस् भनी यस नेपाल मदिरा व्यवसायी महासंघ जोडदार माग गरेको छ ।’

आवश्यक स्वास्थ्य सुरक्षाको ब्यबस्थापन गरि व्यवसाय
सञ्चालनका लागि सहयाेग गरिदिन गृह मन्त्रालय प्रदेश तथा स्थानिय सरकार सग महासंघले विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
यसै गरि आयातित मदिरा को आयात मा रोक लगाउने भन्ने नेपाल सरकार को पछिल्लो निर्णय प्रती मदिरा ब्यबसायी सघं काठमाडौं को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।विश्वभर फैलीरहेको कोरोना भाइरस को त्रास का कारण आज पुरै देशनै लकडाउन भैराखेको परिस्थिति मा निजी क्षेत्र लाइ प्रोत्साहन तथा राहत दिनुको साटो ब्यबसायीलाइ हतोत्साहित र मर्माहित बनाउने काम हुनु अत्यन्त निन्दनिय र भ्रत्सनायोग्य भएको मदिरा व्यवसायी संघ काठमाडौका अध्यक्ष गोविन्द प्रसाद वरालले वताए । उनले भने सरोकार वाला पक्षसग कुनै छलफल, रायसुझाव नै नलिई हचुवाको भरमा गरियका यस्ता निर्णय हरुले नेपाली ब्यबसायलाई थप समस्या हुने भएकाले यो निर्णय तुरुन्त फिर्ता लिन नेपाल सरकार समक्ष मदिरा ब्यबसायी सघं काठमाडौं जोडदार माग गर्दछ । यस्ता कुरा बाट कुनै बिचलित नहुन ब्यबसायीहरुलाई अध्यक्ष वरालले आग्रह गरेका छन । संघ सधै ब्यवसायीहरुको पक्षमा रहेको उनको भनाई छ ।
मदिरा ब्यबसायीहरुले राजस्व संगै अन्य सामाजिक उत्तदायी कार्यक्रमहरु मार्फत राज्यलाई सहयोग गदै आएको भएपनि राज्यले मदिरा व्यवसायी माथी हेर्ने दृष्टिकोण सकारात्मक नभएको आम ब्यबसायीहरुको गुनासो रहेको छ । लकडाउनमा मदिरा व्यवसाय पूर्णरुपमा वन्द हुदा अवैध घरेलु मदिराको कारोवारो वढेकोले निश्चित समय निर्धारण गरि मदिरा ब्यबसाय संचालन गर्न पाउनु पर्ने माग मदिरा व्यवसायीहरुले गरेका छन ।