
दक्षिण कोरियामा कागजात नभएर अबैधानिक रुपमा बसाेबास गरेको कारण पक्राउ परेका नेपालीहरुले उद्दारकाे लागि नेपाल सरकार सग आग्रह गरेका छन ।काेरिया स्थित विभिन्न बिदेशी हिरासत गृहमा रहेका नेपालीले आफुहरुलाई स्वदेश फर्किन बाटो खोलिदिनु पर्ने भन्दै हारगुहार गरेका हुन ।
“भिसा नभएको कारण प्रहरीले पक्राउ गरेर हिरासत गृहमा १ महिना भन्दा बढि राखेपछि मानसिक तनाव बढेको भन्दै सरकार प्रति उद्दार गरिदिन बिन्ती गरेका छन ।अपराधि जस्तै बसिरहेका छौ,न बाहिर निस्किन पाउछौ न स्वदेश फर्किन पाउछौ ” बिगत ४५ दिन देखि कोरियाको ह्वासाङ स्थित बिदेशी हिरासत गृहमा रहेका एक नेपालीले उद्दार गरिदिन आग्रह गरे ।उनका अनुसार हाल उक्त हिरासत गृहमा ६ देखि ८ जना नेपाली छन् l सबैसंग भेट गर्न नपाइने हुनाले पूर्ण संख्या भने आफुलाई एकिन नभएको बताए lउनि संगै बस्ने इलामका एक नेपाली बिगत ५ महिना देखि उक्त जेलमा बस्दै आएका छन ।
हिरासतमा रहेका नेपाली सबै को अबस्था उस्तै छ ,लकडाउनकाे कारणले डिपाेट गर्न पनि तत्काल सम्भावना छैन नभएको हुनुपर्छ ,नेपाल पत्रकार महासघ दक्षिण काेरियाका उपाध्यक्ष किसन गाैतम बताउछन् ।मैले केही हिरासतमा रहेका नेपालीहरु भेटे उहाँहरुकाे माग नेपाली दुताबासले चाडैं उद्दार गराेस भन्ने छ गाैतम भन्छन ।लामो समय देखि बन्दि भै बस्दा निकै नै मानसिक तनावमा परियो, सबै जनाको चाहना नेपाल सरकारले उद्वार गर्दियोस भन्ने छ ।
कोरियामा बिना भिसा बसेका बिदेशी कामदारहरुलाई यहाँको अध्यागमन प्रहरीले पक्राउ गरिहाले केहि दीन बिदेशी हिरासत गृहमा राखी स्वदेश फर्काउने गर्दछ ।यसरि पक्राउ परेकाहरु स्वदेश फर्किने कागजात तथा प्लेन टिकट नमिल्दा सम्म केहि दीन मात्र हिरासत गृहमा बस्नु पर्ने हुन्छ l भिसा नभएकै कारण उनीहरूलाई अरु केश जस्तो अपराधीक मुद्वा चलाइदैन l तर उनीहरु हाल नेपाल सरकाले गरेको लकडाउनका कारण महिनौ देखि कोरियाको बन्दि गृहमै थन्किएका छन ।