
भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा देश विदेशमा रहेका नेपालीहरुले आपत्ति जनाइरहेका छन । यहि विषयमा जनसम्पर्क समिति क्यानडाले पनि आपत्ति जनाएको छ ।भारतको यस्तो कदमले नेपालीलाई दुःखित बनाएको भन्दै विज्ञप्ति निकालेर जनसम्पर्क समिति क्यानडाले भारतकाे निन्दा गरेको हाे । कार्यवाहक सभापति चन्दा अधिकारीले पाटीले यस बिषयमा गम्भीर रुपमा पहल गर्ने समेत अपेक्षा रहेको बताइन । हामी प्रदेशमा छाै हाम्रो देशकाे सिमा कसैले मिचेर दादागिरी गर्छ भने हाम्रो पनि रगत उम्लन्छ भारतले गरेको गम्भीर कमजोरी हाे कार्यवाहक सभापति अधिकारीले भनिन्।
तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । यसको नेपालमा विरोध भइरहेको छ । जनसम्पर्क समिति क्यानडाका महामन्त्री बसन्त कार्कीले सरकारले तुरुन्तै भारत सरकार सग सिमाना रक्षाकाे लागि पहल गर्नुपर्ने बताए । जनसम्पर्क समिति क्यानडा भारतकाे उक्त शैलीको घाेरभत्सर्ना गर्दै नेपाल सरकारलाई तत्काल कुटनैतिक पहल गर्न अनुरोध गर्छ महामन्त्री कार्कीले भने ।
यसैविच परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक बनाएकोमा आपत्ति जनाएको छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले बताएको छ ।