
नेपालकाे राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमिकता माथि छिमेकी राष्ट्रहरु भारत र चीनबाट भइरहेका हस्ताक्षेेेप प्नती नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले गम्भीर आपत्ति जनाएको छ ।
विश्व कोरोना भाइरस जस्तो महामारीबाट आक्रान्त भइरहेको बेला छिमेकी राष्ट्र भारतले तीन देश बीचको अन्तर्राष्ट्रिय सीमाना दार्चुला जिल्लाको लिपुलेक हुदै नेपाली भू-भाग मिचेर मानसरोवरसम्म राजमार्ग निर्माण गरेकाे विषय अत्यन्तै निन्दनीय भएको भन्दै विज्ञप्ति मार्फत आपत्ति जनाएको हाे ।जनसम्पर्क समिति दक्षिण काेरियाका कार्यवाहक सभापति जितेन्द्र सिंह महता र महामन्त्री कमल बहादुर थापा (कुमार थापा) द्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्काल नेपाल सरकारले कुटनैतिक तरिकाले भारतलाई उक्त गतिविधि फिर्ता लिन पहल गर्न पनि अनुरोध गरेको छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चीनबाट भएको राजनीतिक हस्तक्षेप र लकडाउनका बेला सिंहदरवारमा केही चिनियाँ नागरीकहरुबाट नारा जुलुस सहित नेपाली सुरक्षाकर्मीहरुमाथि भएको हातपातको घटनाको पनि नेपाली जन सम्पर्क समिति दक्षिण घोर भत्सना गर्दछ विज्ञप्तिमा भनिएको छ । भारतले खुलेयाम र चीनले नदेखिदाे तरिकाले नेपालमा हस्ताक्षेप गरिरहेकाे हुदा नेपालका सबै राजनीतिक दल एक भएर राष्ट्रियताकाे रक्षा गर्नुपर्ने कार्यवाहक अध्यक्ष जितेन्द्र सिह महताले बताए ।

यस्तै समितिले कोरोना भाइरसका कारण सीमा क्षेत्र, भारतको विभिन्न भूभाग र खाडी लगायत अन्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकहरुको चार्टर्ड उडानमा यथाशीघ्र उद्दार र उचित व्यवस्थापनका लागि पनि नेपाल सरकारसँग जोडदार माग गरेकाे छ ।काेराेना राेकथाम तथा नियन्त्रणकाे लागि परिक्षण दायरा बढाउन ,आैषधि तथा स्वास्थ सामग्रीहरु समयमै ब्यवस्थापन गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।