
अमेरिकाकाे टेक्सास राज्यमा बस्दै आएका रुकुम बाँफिकाेट ३ का नरेश कुमार मल्लले आफ्नो वडाका अपाङ्ग परिवारलाई खाद्यान्न सहयोग गरेका छन । वडा नम्बर ३ मा बसाेबास गर्ने अपांग परिवारहरुलाई तीस हजार बराबरकाे खाद्यान्न सहयोग गरेका हुन ।
खाद्यान्न वितरणकाे लागि मल्लले श्रीमती कमला मल्ल मार्फत बाफिकाेट वडा नम्बर ३ सग समन्वय गरेको बताए ।पुर्व भलिबल खेलाडी तथा युवा समाजसेवी मल्लले काेराेना भाइरसका कारण समस्यामा रहेका अपाङ्ग परिवारहरुलाई सानाे सहयोग गरेको बताए ।
राहत स्वरुप वितरण गरिने खाद्यान्नकाे लागि वडाले समन्वय गरेको जनाएको छ । मल्लले पठाएको सहयोग बाट वडा भित्रका क र ख बर्गका १२ जना अपाङ्ग ब्यक्तिहरुलाई वितरण गरिने वडा अध्यक्ष चन्द्र बहादुर केसीले जानकारी दिए ।
मल्लले पठाएको नगद बाट राहत मंगलबार अर्थात बैशाख ३० गते वितरण गरिने वडा अध्यक्ष केसीले बताए । साथै लकडाउनकाे बेला धेरै ब्यक्तिहरु समस्यामा परेको हुदा अन्य कुनै सहयोग गर्ने मन भए वडामा सहकार्य गर्न पनि अध्यक्ष केसीले आह्वान गरेका छन ।