
भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको विरुद्धमा नेपाली काँग्रेसकाे अन्तर्राष्ट्रिय संगठन जनसम्पर्क समितिहरुले संयुक्त रुपमा आपत्ति जनाएका छन । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भारतकाे उक्त कार्यकाे आइतबार नै विज्ञप्ति निकालेर विरोध गरेको भाेलिपल्ट साेमबार विश्वभर बाट जनसम्पर्क समितिहरुले एक्यवद्धता जनाउदै भारतकाे बिराेध गरिएकाे हाे ।सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ त्यसको हामी विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरु घोर निन्दा र भर्त्सना गर्दछाै विज्ञप्तिमा भनिएको छ ।
साथै सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कुटनीतिक वार्ता र छलफल गरी पहल गर्नुपर्नेमा विज्ञप्ति मात्र जारी गर्नुले समस्याको समाधान नहुने तथ्यतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउदै जिम्मेवार ढंगले यो विषयको समाधान खोज्न पनि अनुरोध गरिएको छ ।सरकारले सिमा रक्षाकाे विषयमा प्रभावकारि कदम चाल्न नसकेको प्रति विज्ञप्तिमा आपत्ति जनाइएकाे छ ।
हाम्रो देशको सिमा रक्षाकाे लागि आवश्यक परे अन्तर्राष्ट्रिय कानुनको समेत सहयोग लिनुपर्ने जनसम्पर्क समिति दक्षिण काेरियाकि सभापति आस्था विन्दु मल्लले बताइन ।हाम्रो नशा नशामा राष्ट्रियता र नेपाली माटाेकाे माया छ सरकारले ढिला नगरि भारतलाई ब्याक गराओस मल्लले भनिन ।विश्वभर स्थापना भएका ३४ देशका जनसम्पर्क समितिका सभापतिहरूले संयुक्त रुपमा आपत्ति जनाएका हुन ।
विश्वभरका जनसम्पर्क समितिका सभापतिहरुको तर्फबाट
१. आनन्द विष्ट, कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस अमेरिका
२. बालकृष्ण पाण्डे,कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं सभापति नेजस भारत
३. सीता सापकोटा, सभापति,नेजस बेल्जियम
४. लेखबहादुर गुरुङ, सभापति, नेजस मकाउ
५. पदमसुन्दर गुरुङ, सभापति,नेजस बहराइन
६. खगेश्वर अधिकारी, सभापति, नेजस ईजरायल
७. शिखर खड्का, सभापति, नेजस जर्मनी
८. सीता अर्याल, सभापति, नेजस साईप्रस
९. डा. एलिनी सुबेदी, सभापति,नेजस पोल्यान्ड
१०. शुक्रराज न्यौपाने,सभापति,नेजस आयरल्याण्ड
११. शंकर न्यौपाने, कार्यबाहक सभापति, नेजस कतार
१२. आस्था बिन्दु मल्ल, सभापति,नेजस,दक्षिण कोरिया
१३. बिनोद घिमिरे,सभापति,नेजस पोर्चुगल
१४. ईन्द्र शर्मा,सभापति,नेजस स्पेन
१५. मीन गुरुङ,सभापति,नेजस हंगकंग
१६. युवराज गुरुङ,सभापति,नेजस बेलायत
१७. बुद्धिप्रकाश ओली,सभापति,नेजस क्यानडा
१८. प्रेमजंग गुरुङ,सभापति,नेजस नेदरल्याण्ड
१९. सुधीर राना, सभापति,नेजस फ्रान्स
२०. जितेन्द्र शाही,सभापति, नेजस नर्वे
२१.चोलाकान्त पंगेनी,सभापति,नेजस मलेसिया
२२. शालिक चापागाई,कार्यवाहक सभापति,नेजस ओमन
२३. भुवानीप्रसाद तिमल्सिना ,सभापति,नेजस युएई
२४. राजेन्द्र रसाइली बिरही,सभापति,नेजस कुवेत
२५. रोशन केसी,सभापति,नेजस जापान
२६. बालकृष्ण सापकोटा,सभापति,नेजस लक्जेम्बर्ग
२७. बुद्धिसागर घिमिरे, सभापति,नेजस न्यूजिल्याण्ड
२८. दिपक रेग्मी,सभापति,नेजस साउदी अरेबिया
२९. नबिन थपलिया,सभापति,नेजस स्वीडेन
३०. श्याम सापकोटा,सभापति नेजस स्वीटजरल्याण्ड
३१. कृष्ण गिरी,सभापति,नेजस अष्ट्रेलिया
३२. वीरेन्द्रसिंह कार्की,सभापति,नेजस डेनमार्क
३३. राजनकुमार जमरकटेल,सभापति,नेजस चीन
३४. सन्देश केसी, सभापति,नेजस माल्टा