
साइप्रसमा आफ्नै साथीकाे चक्कु प्रहार बाट हत्या गरिएका एक नेपाली युवा प्रति जनसम्पर्क समिति साइप्रसले शाेक वक्तव्य जारि गरेको छ ।चितवन रत्न नगरपालिका-११ का २२ बर्षका विवेक अमागाईकाे साइप्रस निकोसियाको एभ्रीच्युमा गत मे ६ मा आफ्नै नेपाली साथीले काेठामा हत्या गरेको घटनाले जनसम्पर्क समिति स्तब्ध भएको वक्तव्यमा भनिएको छ ।
महामन्त्री सरस्वती तिम्सिना खनाल द्वारा जारि वक्तव्यमा शोकाकुल अमागाई परिवारजनमा गहिरो समवेदना र धैर्यधारण गर्ने शक्ति मिलोस साथै मृतक अमागाई प्रती गहिरो हार्दिक श्रद्धाञ्जली ब्यक्त गरिएको छ ।यसै विच चक्कु प्रहार गरिएका उनको पुलिस र मेडिकल रिपोर्टमा पनि पुष्टि गरे अनुसार घटना पश्चात् आन्तरिक चोटपटक र बिलम्बका कारण अत्यधिक रक्तस्राव हुन गइ अमागाईको निधन भएको रिपोर्टमा पुष्टि गरिएको छ।
कन्सुलर र एनआरएनए साइप्रसका अनुसार हालको परिस्थिति सामान्य हुने बित्तिकै आवस्यक पर्ने सम्पूर्ण प्रक्रिया सकाएर अमागाईको पार्थिव शरीरलाई नेपाल पठाइने छ।नेपाली दूतावासको कार्यलय इजरायल,हुनरि कन्सुलरको कार्यलय निकोसिया साइप्रस,जनरल हस्पिटल निकोसिया तथा निकोसिया प्रहरी प्रशासनले घटनाको विषयमा विस्तृत अनुसन्धान तथा समन्वय गरिरहेकाे छ ।घटनामा संलग्न नेपाली विद्यार्थी सुवास गिरिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
सामान्य घरायसी कुरामा विबाद हुदा संगै बसेका सुवास गिरिले विवेक अमागाईलाई छुरा प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष स्विकारेकाे बताइएकाे छ ।साथीकाे हत्या पश्चात् गिरि आफै प्रहरी कहा आत्मा समर्पण गर्न गएको प्रत्यक्षदर्शिहरुले बताउदै आएका छन ।मृतककाे शव कानुनी प्रक्रिया पुरा गरि लकडाउन खुलेपछि नेपाल पठाइने छ ।