नेपाल कम्युनिस्ट पाटी विप्लव नेतृत्व रुकुम पश्चिमका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले बुधबार भुमिगत अवस्थामा जनवादी बिहे सम्पन्न गरेका छन ।रुकुमकाे आठविसकाेट नगरपालिका वडा नम्बर ८ निवासी बुढाले नेकपाकै विद्यार्थी संगठनमा आबद्ध रुकुमको खारा निवासी मेनुका ओली सँग सामाजिक दुरि कायम गर्दै भुमिगत स्थानमा जनवादी विहे सम्पन्न गरेका हुन ।

तत्कालीन अख्तियार प्रमुख लाेकमानसिंह कार्कीलाई कालाे माेसाे दलेर चर्चामा आएका बुढा सरकारले उनको पाटीलाई प्रतिबन्ध लगाएपछि भुमिगत छन । उनीहरुकाे बिहेलाई नेकपा राप्ति ब्युरोले अनुमति दिएपछि जनवादी शैली अनुसार बिहे सम्पन्न भएको केन्द्रीय नेेेेेता नरेन्द्र विकले जानकारी दिए ।

उनीहरुले बिहेमा हुनेछ फजुल खर्चलाई समाजसेवामा लगानी गरेका छन ।रुकुमको आठविसकाेट नगरपालिकामा निर्माण गरिएको काेराेना अस्पतालकाे लागि २५ हजार र सहिद गाेकुल राना कि श्रीमती मालति राना बबई गाउँपालिका धनुबास दाङलाई २५ हजार सहयोग गरेकाे बताएका छन ।बिहे खर्चको लागि छुट्टयाइएको ५० हजार समाजसेवामा लगानी गरेको चन्द्र बुढाले जानकारी दिए

थाेरै साथीहरू थियौं सामाजिक दुरि कायम गरेर पुर्ण जनवादी शैलीमा बिहे सम्पन्न भयो बुढाले भने ।हामीले परम्परागत बिहे शैलीलाई परिमार्जन गरि पाटीकाे निति र सिद्धान्तमा प्रतिबद्ध हुदै साँस्कृतिक रुपान्तरणकाे सन्देश दिने उदेश्य बिहे सम्पन्न गरेको उनको भनाइ छ ।केही समय अगाडि मात्रै उनी अदालत बाट रिहाइ भएका थिए ।