
काेराेना भाइरसका कारणले समस्यामा परेका नेपालीलाई क्यानडाका समाजसेवीहरुले ८ सय किलोमिटर टाढा पुगेर राहत वितरण गरेका छन । दैनिक जीवन गुजारा गर्न कठिन अवस्थामा पुगेका नेपाली विद्यार्थीहरुलाई टाेरन्टाे शहर बाट निकै टाढा ८ सय किलोमिटरमा पुगेर नेपाली जनसम्पर्क समिति क्यानाडा का महामन्त्रि बसन्त कार्की, पोखराका पर्यटन व्यवासायी तथा होटेल लेक paradise का संचालक सुरेश पहारी, क्यानाडा का realtor आशिर्बाद सुबेदी युबा समाजसेवी हरी दाहाल र दिपक के सि द्वारा राहत वितरण गरिएकाे हाे ।

टाेराेन्टाे शहर बाट निकै टाढा आएर राहत वितरण गरि दु:खमा साथ दिएको भन्दै विद्यार्थीहरुले खुसि ब्यक्त गरेका छन । यतिबेला हामीलाई समस्या छ आगनमै पुगेर राहत दिनु भयो उहाँहरु प्रति आभारी छाै सृष्टि पाेख्रेलले भनिन् ।केही महिना यता याे टिमले क्यानडाका विभिन्न स्थानमा पुगेर भर्खरै नेपाल बाट क्यानडा पुगेका,काम नपाएर समस्यामा परेका तथा विद्यार्थीहरुलाई राहत वितरण गर्दै आएको छ ।यति टाढा पुगेर राहत वितरण गरेको भने याे पहिलोपटक भएको टाेलीले जनाएको छ ।
यसै विच जनसम्पर्क समिति क्यानडाले उक्त राहत वितरणमा सहजीकरण र सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । प्रवक्ता सुशील भुसालले उक्त कार्य बारे जानकारी दिदै
नेपाली जनसम्पर्क समिती क्यानाडाका महामन्त्रि बसन्त कार्की लगाएत अन्य महानुभावहरु क्यानाडाको Toronto City बाट 800 KM टाढा रहेको Sault St Marie भन्ने City मा गयर राहत बितर गर्नु भएकोमा धन्यवाद ।

राहत International Nepali Student ११ जनालाई निजहरु बस्ने अपार्टमा पुगेर प्रयाप्त राहत उपलब्ध गराइएको बताइएको छ | राहतको सामान उपलब्ध गराउने समाजसेबी तथा व्यावसायि Liam क्यानाडाका CEO Dr.Purna Kandel र प्रित प्यालेस् मिसिसागा बैँकटहल का Owner Mingmar Norge Sherpa ज्यु हरुलाई हार्दिक आभार समेत दिइएको छ ।

यस अगाडि पनि जनसम्पर्क समितिकाे आयाेजनामा क्यानाडाको बिभिन्न City हरुमा नेपाली जनसम्पर्क समिति क्यानाडाकी कार्यबाहक सभापति चन्दा अधिकारिको संयाेजनमा तीन सय जना नेपाली बिद्यार्थीहरुलाइ राहत वितरण गरिएको थियो ।