
मैले मेरी आमाको गर्भबाट यो धरतिमा पाइला राखेको दिन।यो दिनमा मलाई औधी खुसि हुनु पनि छैन । यो दिनको धेरै धेरै हर्ष बढाइ पनि गर्नु छैन।नत फेरि यो दिनमा दुखी नै छु नत पोख्नु छु पिडा र वेदना ।केवल यो दिनमा म यो संसारमा मलाई सबैभन्दा बढी ,सबैभन्दा पहिला चाहाने ,माया ,ममता र स्नेह प्रदान गर्ने मेरा बा र आमाको बारेमा केही शब्दहरु रट्न मात्रै चाहान्छु ।
म यो पृथ्वीमा खाली हात र नाङ्गो शरीर लिएर जोड जोडको रुन्चे आवाजको चिच्याहटमा जन्म लिदै गर्दा मेरी आमा सुत्केरी व्यथाको त्योबेलाको प्रसव पिडालाई भुलेर मुसुमुसु हाँस्दै ,मलाई छातिमा टाँसेर मलाई चुमिरहेकी थिइन । मेरा जीवनका सबै पिडा भुलेर मेरी आमालाई छोरा उपहार दिएकोमा मौन धन्यवाद दिदै आफ्ना दाजुभाइ सँग म छोराको बाबा भएँ भन्दै मेरो जन्मको खुशियालीमा भुइँ खुट्टा छाडेर मेरा बा प्रचारप्रसार गरिरहेका थिए होला ।मेरा हजुरबुबाको मेरा बा ले समेत राम्रोसँग अनुहार देख्न पाएनन् भने मैले त देख्ने कुरै भएन तर मेरी हजुरआमा मेरो नाती जन्मेको खुशियालीमा महिनौं देखी बन्द भएको बुहारी (मेरी आमा) सँग बन्द भएको बोलचाल लाई तोड्दै खै नातीको अनुहार कस्तो छ हेर्छु भन्दै थिइन होला ।
मेरो ठुली दिदि त सानोमै मावलमै बस्ने भएकोले खासै खुसि वा दुखी (सूचना तथा संचारको अभावले भाइ जन्मेको ढिला थाहा पाउनुभयो होला ) हुनुभएन होला ।मेरो सानो दिदि म जन्मदा भर्खर २ बर्षको हुनुहुँदो रहेछ साएद उहाँलाई मेरो जन्म आश्चर्य र अच्चमको हुनुपर्छ ,र लागेको हुनुपर्छ यहाँ के भैरहेको छ।मेरा अन्य सबै नजिकका आफन्तहरु ठुलो बा ,ठुली आमा ,मामा माइजु ,फुपु फुपाजु हरु मेरो जन्म भएको खबर पछि साएद सबैको अनुहार खुसिले टल्केको हुनुपर्छ ।जन्मनु – बढ्नु ,बृद्धअबश्थामा पुग्नु र मर्नु प्रकृतिको नियम हो यो हिजो देखी आजसम्म चलिरहेको छ र भोलि पनि यसरी नै चल्नेछ।भलै कसैको मृत्यु प्राकृतिक प्रकोप ,युद्ध , रोगको कारण अल्पायुमै हुनसक्छ यसलाई हामीले अपवाद पनि मान्न पाइन्छ होला ।म पक्कै पनि आफु खुसि र रहरले यो संसारमा आएको होइन यदि म खुशी ,रहर र चाहानाले यस संसारमा आउँदो हुँत आमाको गर्भबाट निस्कदै गर्दा मेरो रुवाइको चिच्याहट हुँदैन थियो होला ।यदि त्यसओ हुन्थ्यो होला त मेरो चिच्याहटमा खुशी र उमंगको हर्षउल्लासमय हाँसोको खित्का हुन्थ्यो होला ।
तर मेरा बा र आमा लगायत मेरा बा र आमाका सबै आफन्त र नातेदारको खुशी र चाहानामा मेरो जन्म भएको हुनुपर्छ ।त्यसैले त म जन्मिदा उहाँहरुको ओठमा हाँसो ,मनमा खुशी र हर्षउल्लास हुँदो हो।मेरा लागि सबै आफन्तहरु निकै महत्वपूर्ण ,निकै प्रेमिल छन् ।तथापि म आज धेरै शब्दको कारखाना खोल्ने पक्षमा छैन ।म मात्रै मेरा बा र आमाको म प्रतिको माया ,प्रेम ,स्नेह ,करुणा,त्याग ,तपस्या ,बलादानी र समर्पणको बारेमा २ शब्द रटान लगाउन गइरहेको छु।मेरा बा कहिलै पनि नयाँ ,सुकिलो र मुकिलो लुगामा हुदैनन् ।मेरा बा को शरीरमा सधैं एउटै टोपी ,कमिज र पाइन्ट हुन्छ र त्यो पनि सकुशल होइन च्यात्तिएर टालो हालेको र मैले हुन्छ।मेरा बा को खुट्टाले कहिलै नयाँ र महँगो जुत्ता र चप्पल पाएनन् ।सायद चप्पल मुनिबाट काठ र ढुङ्गा बिजाउँछन होला ।मेरा बा कहिले भोको पेट ,कहिले नाङ्गो शरीर ,कहिले खाली खुट्टा त कहिले खाली थाप्लोमा भारी बोकिरहेका छन् ।मैले मेरा बा को पसिनाले निथ्रुकै भिजेको शरीर देखेको छु।दु:ख,कष्ठ,मेहनत ,परिश्रम गर्दागर्दै कामको चापले चाउरी परेको अनुहार देखेको छु ।
मेरा बा को भारी बोक्दा बोक्दा खुइलिएर थाप्लोमा कपाल छैन।मेरा बा का हात र खुट्टा चिराचिरा भएर फाटेका छन् ।हिड्न र खाना खान पनि मुस्किल पर्छ यस्ता थुप्रै कहानी छन् मेरा बा का।जो कहिलै टेलिभिजनको पर्दा आउँदैनन ।पत्रीकामा छापिदैनन ।रेडियोमा बज्दैनन ।युटुब र अन्लाईनका रहस्यमय कथाहरू र व्यथाहरु बन्दैनन यति हुँदाहुँदै पनि मेरा बाले हरेस खाएको मैले कहिलै देखेको छैन।मेरा बा ले मलाई प्रत्येक बर्ष नयाँ शैक्षिकसत्रमा बिधालय पोशाक किन्देकै छन् ।
मलाई लुगाको अभाव छैन ,जब मलाई नयाँ किन्न मन लाग्छ पैसा माग्न थाल्छु भए खल्ती बा!नभए ऋण मागेर भएपनी मेरा बाले मलाई कपडा किन्न पैसा उपलब्ध गराइहाल्छन ।कुनै दशै छुटेको छैन कि मेरा बाले मलाई नयाँ लुगा नल्याइदिएको होस् ।कुनै हिउँद ॠतु छैन बाले मलाई नयाँ कोट नकिनेको तर मेरा बा मैले एकबर्ष अगाडि लगाएको कोट लगाउँदै पुष माघ तेरो पुरानो कोटले धकेलिहाल्छ त तन्नेरी मान्छेले नयाँ कोट किन भन्छन् ।मेरो खुट्टामा जुत्ता र चप्पल पातलो हुन दिदैनन आफ्नो लागि नयाँ किनेका छन् भने मेरो पुरानो जुत्ता र चप्पल लगाउँदै भन्छन् तन्नेरीले नयाँ लगा।मेरा बाले यति मात्रै होइन मेरा लागि धेरै त्याग ,समर्पण र बलिदानी गरेका छन् जब म जन्मे उनले त्यही दिनबाट आफु र आफ्नो सपनाहरू लाई तिलान्जली दिएर मेरो र मेरा सपनाहरूको बारेमा सोच्न थाले आज पनि यो कोरोनाको कहरको बिच मेरा बा परदेशमा रगत र पसिना बेचिरहेका छन् र सन्तानको निम्ति आफ्नो रगत र पसिना सँग आफ्नो भारु साटिरहेका छन् ।त्यसैले मेरा बा संसारको सबैभन्दा उत्कृष्ट बा हुन् ।मेरि आमा पनि मेरा झैँ म जन्मेदेखि आफुलाई बिर्सिन ,आफ्ना सपनाहरूलाई बिर्सिन ,भुल्न लागेको माइतीघर मेरो जन्मपछी त चटक्कै बिर्सिन।मेरी आमाले आफ्नो सबै कुरा म मा समाहित गरिसकेकी थिइन् ।
मेरी आमाले मलाई ९ महिना गर्भमा राखिन ,दुध चुसाइन ।माया र ममता दिइन।तपाईहरु लाई अचम्म लाग्नसक्छ मेरी आमालाई आफ्नो नाम समेत लेख्न आउदैन उनि अ ,आ ….अ: र क ,ख ,ग……..ज्ञ जाँंन्दैनिन तर मेरी आमा शिक्षक हुन् जसले मलाई ताते ताते गराउँदै हिडडुल गर्न,बोल्न ,खान ,लगाउन ,रितिरिवाज ,परम्परा ,संस्कार र संस्कृति ,न्याय र अन्याय ,सहि र गलत ,सत्य र असत्य आदि इत्यादी जीवनमा सबै भन्दा बढी र पहिला सिकाउने मेरी आमा नै हुन् ।मेरी आमा स्वास्थ्य क्षेत्रकी नर्स पनि हुन् उनले बच्चामा मलाई अलिकति ज्वरो आयो ,टाउको दुख्यो भने तातो पानी तताएर खुवाउने गर्थिन।मेरो हातखुट्टा काट्यो भने झारपात (घाउ सुकाउने ) मिनेर लगाइदिने गर्थिन ।धेरैपटक बिरामी हुँदा आमाको काख र तातो पानीले निको भएका उदाहरण पनि म सँग छन् ।मेरी आमा होटेल म्यानेजमेन्ट पढेकी त छैनन् तर पाँचतारे होटलको खाना भन्दा मिठो लाग्छ मलाई उनले पकाएको खाना।
एउटा किस्सा म सानोमा अबेरसम्म पढ्दा मेरी आमाले मलाई भन्थिन सुत अब कति पढ्छस?भोलि पढ्लास बिरामी हुने हुन्छ।बिरामी भएको बेला जान्ने कहाँ गएर अक्षता हेराएका दिनहरु पनि याद छन ,झारफुपक गरेका दिनहारु पनि याद छन् तथापि बच्चमै एउटा गुण चाही म सँग थियो ।मलाई अक्षता हेराउदा ,झारफुक गर्दा सन्चो भइन्छ भन्ने विश्वास लाग्दैन थियो र कहिलेकाहीँ आमा सँग भन्थें भने कहिलेकाहीँ मौन बिद्रोह गरेर बस्थे ।मलाई यति धेरै माया गर्ने संसारके उत्कृष्ट मेरी आमाका पनि हातमा ठेला उठेका छन् ।पैतलाहरु फाटेका छन् ।अब त बुढी हुन् थालिन क्यारे कताकता कपाल पनि फुल्न थालेको छ।छाला चाउरी पर्न लागेको छ।लवाइखवाइमा मेरा बाको जस्तै किस्सा छ मेरी आमाको पनि बर्षौंसम्म पुरानै कुर्ता र सुरुवाल लगाउँछिन ।गुन्यु र चोला लगाउँदा चोलो टालटुल पारेको हुन्छ ।
मेरा बा र आमाले आफ्ना सपनाहरू तिलान्जली दिएर जब म बाट सपना देख्न थालेका थिए ।सबैका बा आमा झैँ मेरा बा र आमाको पनि सपना थियो र छ छोराले राम्रोसँग पढोस ,लेखोस र जागिर खाओस र यो बुढेसकालमा हामी बुढाबुढीको हेरचाह गरोस् ।तर बा र आमाले सोचे भन्दा अलि फरक सोच ,विचार ,चिन्तन ,मनन र विवेचना गर्दै जाँदा मैले क्रान्तिको मार्ग रोज्न पुगेको छु ।तथापि आज म यो बिषयमा लेख्न चाहान्न अन्य कुनै दिनमा यो बिषयमा पनि कलम चलाउने नै छु।साएद यही कारण अभिव्यक्त नगरे पनि मेरा बा र आमा म सँग असन्तुष्ट हुनुहुन्छ ।साएद देख्नुहुन्छ कसैको छोराले जागिर खाएको ,कसैको छोरा बिदेश गएर पैसा कमाएर पठाएको र कसैले व्यापार गरिरहेको तर आफ्नो जेठो छोरो भने क्रान्ति गर्छु भन्दै क्रान्ति मार्गमा लम्किरहेको ,हजारौं कठिन ,चुनौतीपूर्ण ,संगिन,भीषण र आदिमय क्षणको सामना गरिरहेको ।र सम्झनुहुन्छ जनयुद्धमा थुप्रै निर्दोष ,इमानदार र जनपक्षीय युवाहरूको तत्कालीन तानाशाही ,निरंकुश र आततायी सत्ताले अमानवीय तवरले निर्मम हत्याका शृङ्खला मच्चाएको ।
त्यसैले झस्काउँछ मेरा बा र आमालाई क्रान्तिको शब्दले ।लाग्छ छोरा कतै मर्छ कि लामो समय जेल बस्छ कि?मलाई आज पनि राम्रोसँग याद छ आज भन्दा ३ बर्ष अगाडि १६ बर्षको ठिटोलाई तत्कालीन प्रहरी प्रशासन र भर्खरै निर्वाचित भएका केही कथित जनप्रतिनिधिहरुको राजनीतिक तुष र पुर्वाग्रहको कारण झुठो मुद्दामा हिरासत राखी अनुसन्धानको नाममा गैरन्यायिक तवरले २९ दिनमा हिरासतमा राख्यो।जब हिरासतमा मेरी आमा मलाई भेट्न गइन ,त्यतिबेला आमाको आँखा बाट तपतप आँसु चुइरहेका थिए त्योबेला मैले पनि आफ्ना आँसुलाई थाम्न सकिन र जब म २९ औं दिनपछि धरौटीमा निस्कें र बा लाई फोन गरें ।बा ले रोदनपुर्ण स्वरमा भन्नुभयो राजनीति / साजनिती नगर खुरुखुरु पढ्न जा ,म घरजग्गा बेचेर पनि पढाउँछु।त्योबेला पनि मेरो आँखाबाट आँसु रसाइरहेका थिए र जीवनमा बा र आमाको चिन्ता सहितको रोदनबाट भावुक भएको दिन जुन दिन मेरो जीवनभर अविस्मरणीय बन्ने छ।त्यो भन्दा पछाडि पनि पटकपटक राजनीतिक आस्था र विचार अभिव्यक्तिका कारण हिरासत जीवन जिउन पर्यो ।
पछिल्ला हिरासतका बसाई मेरा बा र आमालाई पनि सामान्य भएको र राज्यले बिनाकारण आफ्नो छोरा र उसको पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेको ,झुट्ठा मुद्दा लगाएको भन्ने कुरामा विश्वस्त हुनुभएको थियो ।र सबैभन्दा गजबको कुरा बा र आमालाई मैले र मेरो पार्टीले उठाएका एजेन्डा सहि भएको बुझ्दै जानुभएको छ र आज उहाँको जेठा छोरा यानेकी म जन्मेको दिनमा एउटा कुरा बा र आमा दुबलाई आग्रह गर्छु कि ए बा ! ए आमा यदि न्याय ,सच्याइ ,रुपान्तरण ,शान्ति ,समानता ,स्वाधीनता ,समृद्धि र अग्रगमनको पक्षमा आवाज उठाउने तपाईंको छोराहरू (सबै क्रान्तिकारी) सहिद नै भए पनि त्यो परिस्थितिको सजिलै सामना गर्नुहोला ।
आमा ! बा तपाईंको छोरा संधै बा ! आमाको कर्तव्यनिष्ठ छोरा र यो देशको कर्तव्यनिष्ठ नागरिक बन्नेछु।मलाई यो धरतिमा पाइला टेकाउने तपाई आमा ! बा प्रती हार्दिक नमन ।उच्च सम्मान र सम्झना।