
लकडाउनका कारण सिन्धुपाल्चोकका गाउँमा शहर बाट धेरै मानिसहरु फर्केका छन ।लकडाउनकाे ४० या ४५ ओैँ दिन सम्म हाम्रो गाउँ सँगै सिङ्गो जिल्ला काेराेना बाट सुरक्षित छ भन्ने कुरामा हामी ढुक्क थियौं ।हामीलाई खासै काेराेना भाइरस सग डर थिएन ।गाउँमा भेला हुने ,छलफल गर्ने ,भिडभाड सामान्य नै थिए ।शहरको भन्दा गाउँमा लकडाउन केही खुकुलो अवश्य थियो ।तर पनि काेराेना भाइरसलाई नियन्त्रण गर्न अपनाइएका रणनीतिकहरु कार्यन्वयन गर्ने कुरामा कडाइ गरिएकै थियो ।
मानिसहरुमा काेराेना भाइरसकाे मनाेबैज्ञानिक त्रास भए पनि लापरबाही भने पक्कै देखिन्थ्यो । मानिसहरु लकडाउन उलंघन गर्दै झण्डा बाेकेर सडकमै हुलहुज्जत बाह्रबिसेमा नगरेका हाेइन । यहि बिचमा गएको हप्ता नेपालकै पहिलो काेराेना भाइरसकाे घटना सिन्धुपाल्चोकमै घटेपछि भने मानिसहरु छाङ्गा बाट खसे झै भएका छन ।
काेराेना भाइरस बाट नेपालमा ज्यान गुमाउने पहिलो ब्यक्ती सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकि भएपछि मानिसहरुमा थप त्रास बढेको छ । एउटा भनाइ छ जब पराे राति तब बुढि ताति भने झै याे घटनाले मानिसहरुलाई अत्याएकाे छ ।एक गाउँ बाट अर्को गाउँमा आवतजावत पुर्ण रुपमा बन्द छ ।हिजो सम्म काेराेना भाइरस संक्रमणकाे खतरालाई लापरबाही गर्नेहरुलाई नै आज हतार छ । हिजोको दिनमा प्रशस्त सतर्कता अपनाएको भए यस्तो दुर्भाग्यपूर्ण अवस्था आउने थिएन कि भन्ने प्रश्न उब्जिएको छ ।अझै लकडाउनकाे पुर्ण पालना त गाउँमा देखिदैन ।
मृतकाे माइतीघर बलेफी र घर बाह्रबिसे लगाएत आसपासको क्षेत्र सिलबन्दी गरि लकडाउनमा थप कडाई गर्नुको साथै नगरपालिका प्रबेश गर्ने सबै ब्यक्तिमा कडा निग्रानी गरिन्छ । बाह्रबिसे बजार मात्रै हाेइन गाउँहरुमा पनि चहलपहल शुन्य छ ।मानिसहरु सुरक्षित उपायहरु अपनाउदै खेतबारीमा काम गरिरहेका छन ।
पहिलो काेराेना भाइरस संक्रमितकाे निधन सिन्धुपाल्चोकमा त्याे पनि बाह्रबिसेमा भएपछि यसको सबै प्रभाव यहि परेको छ । हिजोको लापरबाही हेर्ने हाे भने जनप्रतिनिधि तथा पावर र पँहुचवालाकाे आवतजावत बढि नै भएकोले संक्रमितहरु ह्वात्तै बढन सक्ने अनुमान पनि छ ।
गाउँहरु पुर्णतया लकडाउन गर्ने भनिएपनि यसकाे पालना र अनुगमन फितलो नै छ ।गाउँघरमा फुर्सदमा रहेका युवायुवतीहरु जमघट भैरहेका छन । गाउँमा भएका सामान्य खुद्रा पसलहरुमा मानिसहरु भेला भैरहेका छन जसले जोखिम फैलन सक्ने प्रबल सम्भावना देखिन्छ ।
आफ्नो नगरपालिकामा कोरोना भाइरसबाट ज्यान गुमाएको खबर सुन्दा स्थानीय नागरिकमा त्रास फैलिदै छ। नगरपालिकाले त्रसित नहुन सामाजिक सञ्जाल बाट प्रचार गरिरहेकाे छ ।
स्थानिय सरकारले स्थानीय बासिन्दालाई आबश्यक पर्ने दैनिक उपभोग्य खाद्यान्नको सामग्री उपलब्ध गराउन र आवश्यक सूचना प्रदान गर्न बाह्रबिसे नगरपालिका पछि नै भएको देखिन्छ । गाउँमा रहेका बृद्ध, अंपाग ,एकल महिला तथा समस्यामा परेकाहरुकाे लागि राहत वितरण पनि बेला बेला भैरहेको छ ।लकडाउनकाे मानसिक तनाव बालबालिकामा छ ।बिद्यालयहरु बन्द हुदा पढाइ अलपत्र भएकोमा बालबालिका चिन्तित छन । उनीहरूलाई अभिभावक वा शिक्षक ,शिक्षिका बाट सान्त्वना दिन आवश्यक छ ।