
पाेखराका एक समाजसेवीले आफ्नो घरमा डेरा गरि बस्नेलाई घर भाडा छुट सगै खाद्यान्न राहत वितरण गरेका छन । शहरमा घरबेटीले समयमै भाडा नतिरेका कारणले विभिन्न तनावहरु दिइरहेका खबर सार्वजनिक भइरहेका बेला मान बिक र उनको परिवारले एक महिनाकाे घरभाडा छुट र घरमै बस्नेलाई राहत वितरण गरेकाे हाे ।
हाल क्यानडामा बसाेबास गर्दै आएका बिकले आफुले मानवियताकाे दृष्टिकोणले यस्तो निर्णय गरेको बताए ।बिकले आफ्नो घरमा डेरा गरि बस्ने चार परिवारलाई खाद्यान्न समेत उपलब्ध गराएका हुन ।उनको परिवारले पाेखरामा बुधबार उक्त सहयोग वितरण पनि गरेको छ ।
घरमा डेरि गरि बस्नेकाे समस्यालाई मध्यनजर गर्दै आफुले सहयोग गरेको उनले बताए ।
आवश्यकता अनुसार अझै अवस्था जटिल आए आफुले भविष्यमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।यतिबेला सबै तिर संकटपुर्ण अवस्था भएको हुदा मानव जातिले एकले अर्कोलाई सक्दाे सहयोग गर्नुपर्ने बिककाे सबैलाई आग्रह छ ।