
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालको राष्ट्रियतामाथी भारतीय मिडियाहरु सम्पूर्ण बल लगाएर धावा बोलिरहेको बेला हाम्रो देशका संचार माध्यमका ठालु कहलाउँदा केही संचार गृहहरु भने मौन छन् ।
मानौँ कि भारत उनीहरुको भकारी हो उ अहिले शोकमा डुबेको छ त्यसैले मौन बसेर नै उसको साथ दिएको झैँ गरेर? यो बेला मौन हैन नेपालका मुद्दा लाई विश्वसामु प्रभाबकारी रूपमा प्रस्तुत गर्ने बेला हो ।नेपालीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर न्यायको पक्षमा अन्तर्राष्ट्रिय जगतलाई पनि नेपालकाे पक्षमा मत बढाउने बेला हाे । त्यसैले खबरदारी गरौँ यो बेला देशको पक्षमा नबोल्ने नउभिने चाहे मिडीया हुन्, चाहे राजनितीक नेतृत्व हुन् वा संघ संस्थाहरु हुन,सबैको पुस्तौ पुग्नेगरी हिसाब राख्नु पर्छल। हुनत यतिबेला भारत आफैले यो मुद्दालाई सकारात्मक वा नकारात्मक ढंगले अन्तर्राष्ट्रियकरण गरिसकेको छ । भारतले बुझे हुन्छ हामीलाई कसैको हस्तक्षेप स्वीकार छैन, नकी कसैको हैकम वा इसारा स्विकार छ ?
हामी आफैमा सहि छौं, हामी स्वाभिमानि नेपाली हाैँ, हाम्रो हाम्रै विरतापुर्ण इतिहास छ । भारत नेपाली सँग डराएको छ, सत्तारुढ (नेकपा) सँग डराएको छ अनि नेपाल सरकारको निर्णयसँग डराएको छ ,सम्पुर्ण नेपाली जनता सग डराएको छ ,नेपालीको एकता सँग डराएको छ । जेहोस इतिहास फर्केर हेर्न बाध्य भएको छ । सरकारको कदममा नागरिकको साथ जरुरी चाहिएको छ,प्रतिपक्षकाे साथ चाहिएको छ । यतिबेला हिम्मतकासाथ सरकारले सत्यको वकालत गरेको छ,एक प्रकारले आम नागरिकलाई चुनौतीको सामना गर्नको लागि आव्हान गरेको छ ।
सबैखाले परिस्थिति झेल्नका लागि नेपाली जनता पनि तयार भएर बस्नुपर्ने बेला भएको छ ।संकट माथि संकट थपिए पनि राष्ट्रिय स्वाधीनता रक्षाकाे लागि नेपाली एकता अपरिहार्य छ । सँगसँगै हाम्रो सामु सुनौलो अवसर पनि आएक छ कि आफुलाई शक्तिशाली नेपालीको हैसियतमा प्रमाणित गर्ने बेला आएको छ । देशको स्वाधिनता र स्वाभिमानका लागि सबै एकढिक्का बनेर यो लडाइ जित्ने । विस्तारबादले हाम्रो सामु घुँडा टेक्ने कुरा निश्चित छ !