
नेपाली कलाकारहरुकाे एउटा टिमले राष्ट्रियता सम्बन्धि नयाँ सन्देश मुलक गित तथा भिडियो तयार गरेका छन ।भारतले नेपालकाे सिमा अतिक्रमण गरेर सडक बनाए पछि यहि बिषय सँग सम्बन्धित गित कलाकारहरुले तयार पारेका हुन ।
कलाकार तथा चलचित्र निर्माता बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले हाम्रो माटो बोलको गीत सार्वजनिक गरेका हुन ।गित नेपाली एकता र स्वाधीनता रक्षाकाे लागि नेपालीहरु एक हुनुपर्ने सन्देशकाे रहेको छ ।
भारत सीमा र नेपालकाे सिमा सम्बन्धि बहस उत्कर्समा पुगेको बेला कलाकारहरुले छाेटाे समयमा भएपनि “हाम्रो माटो” बोलको देश भक्ति गित सार्वजनिक गरेका हुन ।गितमा बेला बेला भारतले सिमा मिचेर नेपालकाे राष्ट्रियतामाथी प्रहार गरेको आदि कुराहरु समेटिएको छ । सडक निर्माण गरेर नेपालीमाथि गरेको प्रहारलाई गीतमार्फत पोखिएको छ । गित संगीत मार्फत नेपाली नागरिकहरुलाई उर्जा दिएर राष्ट्रियता प्रति उक्त गितले याेगदान गरेको कलाकार बिक्रम जंग शाह बताउछन ।साच्चिकै सबै नेपालीले एकपटक उक्त गित सुनिदिन शाहको आग्रह समेत रहेको छ ।
अमृत खातिको शब्द र राजा राजेन्द्र पोख्रेलको संगीत रहेको गीतमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ । रेकर्डिङ र मिक्सिङ्ग सन्जय श्रृपालको रहेको गीतको निर्देशन र सम्पादन हुम गैरेको रहेको छ । कलाकार सिर्जु अधिकारीकाे युट्युब मार्फत गीतलाई सार्वजनिक गरिएको हो । भिडियो