
साउदी अरबमा लकडाउनकाे समयमा अलपत्र परेका नेपालीहरुलाई आफ्नो पहुँचले भ्याए सम्म विभित्र संघसंस्थाले राहत वितरण गर्दै आएको छन । यसै क्रममा शुक्रबार साउदी अरबको जेद्दा स्थित सनैया २ मा रहेको MUEEL COMPANY मा कार्यरत ३१नेपाली युवालाई एनआरएनए साउदीले श्रमिकहरुलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । घर आउने तयारीमा रहेका तर लकडाउनकाे कारण साउदी मै बस्न बाध्य भएका नेपालीलाई राहत वितरण गरिएको हाे ।एक महिनालाई पुग्न सक्ने खाद्यान्न राहत वितरण गरिएको एनआरएनए साउदीले जनाएको छ ।
कम्पनीले १ महिना देखि बस्ने व्यवस्था गरेको भएपनि त्यो नपाउदा साथीहरु सँग मागेर खानुपर्ने अवस्था आएकाे भन्दै पिडितहरुले सिटी एक्सप्रेस मनी ट्रान्सफर साउदी अरब सँग जानकारी गराएका थिए ।उक्त जानकारी पछि नेपाली राजदूताबास एनआरएनए साउदी सँग समन्वय गरेर उक्त राहत वितरण गरिएको हाे ।एनआरएनए साउदी अरबका प्रवक्ता समाजसेवी बिष्णु न्याैपाने नेतृत्वमा शुक्रबार पिडितहरु समक्ष पुगेर राहत वितरण भएको हाे । पिडितहरुलाइ एक महिना सम्म पुग्ने राहत ब्यवस्थाा गरिएको प्रवक्ता न्याैपानेले जानकारी दिए ।
उक्त राहत वितरण कार्यमा साउदीकाे जेद्दाका सिटी मनि एक्सप्रेसका प्रतिनिधि अभिषेक खरेलले समन्वय गरेका थिए ।अघिल्लो हप्ता पनि साउदीकाे रियादमा अलपत्र केही नेपाली नागरिकलाई सिटीले राहत वितरण गरेको थियो । नेपाली दुताबासले यस्तो संकटकाे बेला एकले अर्कोलाई सहयोग गर्नुपर्ने र समस्या परे नेपाली दुताबासमा सम्पर्क गर्न पनि भनेको छ ।
साउदीमा समस्यामा परेका नेपाली नागरिकको लागि सामाजिक संघसंस्थाले सहकार्य गरेर उद्दार तथा राहत वितरण गर्दै आएका छन । एनआरएनए साउदीले विभिन्न ठाउँमा आफ्नो संयन्त्र मार्फत पिडितहरुकाे विवरणहरु संकलन गर्ने र राहत वितरण गर्ने काम गर्दै आएको छ ।कसैलाई समस्या परे तुरुन्तै आफुलाई सम्पर्क गर्न समेत उसले आह्वान गरेको छ ।