
एक सिजन जसो भारत र माओवादीलाई चर्को गाली गर्दै हिड्नुभो, रास्ट्रवादी हुनुभो । धेरै सिननजस्तो पानीजहाज, चुच्चे रेल, मोनोरेल, हावा बाट बिजुली, चुल्होचुल्होमा ग्यास पाइप, बिस्तारामा खाना के हो के, आदि इत्यादी चुड्क्याउदै भट्याउदै, बिगुल फुक्दै हिड्नुपनी भो। जे होस् यी सबै कुरा तत्कालका लागि मजाक थिए त दीर्घकालीन संभावनाहरु समेत थिए । हुनसक्थे यद्यपि १ बर्ष र २ बर्ष भित्र नै भन्दै हिड्दा पनि दुइतिहाइ जनताले पत्याए र बहुमत पाउनुभो । ठिकै छ यी कुराहरु जनताले पाउलान् या नपाउलान् ।पुनः पत्याउलान् या त नपत्याउलान् , फेरि अर्को चुनाब पनि आउला अनि यिनै र यस्तै खाले भजनका र्यापहरु सुनौला, नसुनौला या फेरिपनी सुन्दै गरौला ।
भुमी फिर्ता सम्बन्धमा ……..
हो, एकातर्फ आफ्नै भुमी प्राप्तिका लागि समेत सिङ्गो नेपाल सरकार कोरोनाका कारण जनताहरु दिनानु दिन भोकै र नाङ्गै हुँदै गैरहेको र कोरोनाको चरम जोखिमको संभावनालाई तुहाउनका खातिर केन्द्रित हुनुपर्ने अवस्थामा भुमी फिर्ताका लागि सरकार अन्य सयौं राष्ट्रिय मुद्धाहरुलाई पन्छाएर यहि मुद्दामा केन्द्रीत हुनु र्ने अवस्था आउनु नै हामी ३ करोड नेपालिमा लागि नेपालिको दुर्भाग्य समेत हो ।
अर्कातर्फ आफ्नै नेपाली भुमी पुनःप्राप्तिका लागि सरकारले विभिन्न ऐतिहासिक, तथ्यगत र कानुनी प्रमाणहरु जुटाइ देशले थप भुमी आफ्नो मानचित्रमा पर्नुपर्ने विभिन्न आधारहरुसहित नेपालको नयाँ नक्सा प्रकाशन गर्नु , शक्तिशाली भारतलाई झक्झक्याउनु र सिङ्गो बिश्वसमुदायलाइ नै सो बिषयमा केन्द्रीत गर्न गराउन सक्नु आफैमा जनमतको कदर हुने साहसिक प्रयास, संकेत र उदाहरण पनि हो।
अब हिजो इतिहासदेखी आजसम्म गुमेको भुमि मात्रै होइन, बिगतमा बिबिध अदुरदर्शिता, बाध्यता र परिस्थितिका कारण सुम्पेको सम्पुर्ण भुमी समेत फिर्ता ल्याइ विभिन्न कारणले अलोकप्रिय बन्दै गैरहेको रास्ट्रवादी सरकारले आफ्नो सरकार संचालन, पार्टी भित्रको द्वन्द्व, आन्तरिक कमिकमजोरीहरु हटाउदै नेपालमामा सुशासन कायम हुँदै गैरहेको आभास आम जनमानसमा पुर्याउनैपर्ने दायित्व र जिम्मेवारी पूरा गर्नैपर्ने देखिन्छ ।
भुमि फिर्ता सम्बन्धमा नेपाल सरकार र भुमी व्यवस्था मन्त्रालयको पहललाई नतिजामुखी बनाउन सम्पुर्ण जनता र राजनैतिक दलहरु एकढिक्का भै कोरोनात्रासबाट आक्रान्त बन्नु पर्दाका पीडाहरु भुलाउन सक्नेगरी यथाशक्य छिटो अपेक्षित नतिजा हासिल गरि आम जनमानसमा पेश गर्नु गराउनुको बिकल्प नरहेकोमा पूर्ण सचेत र जिम्मेवार रहिरहन तत्काल आवश्यक देखिन्छ। यो मुद्धामात्रै नभइ हरेक राष्ट्रिय मुद्धाहरुलाई सर्वमान्यकारी तवरले सम्बोधन गर्दै थप लोकप्रिय बन्दै जावोस् बहुमतको सरकारलाई अनि शुभकामना छ ।।
यहि सवालमा एकातर्फ स्याङ्जालि चेली भुमिसुधार मन्त्री माननीय पद्मा अर्यालले बिगत सरकारहरुका पालामा जस्तै यस्ता राष्ट्रिय मुद्धाहरुलाई तुहाउनकै लागि सुटकेशमा बिटा खेप्ने, ओसार्ने अनि ओगट्ने राष्ट्रियघातिहरुलाई तत्काललाई गतिलो झापड हानेकी छन् । अर्कातर्फ यस्ता राष्ट्रघाति नियतहरु फेरि पनि दोहोरि रहन्छन् कि त भन्ने चुनौतीका अगाढी उभिइरहेकी पनि छन् । कामना गरौं, नेपाली भुमी फिर्ता सम्बन्धमा यस्ता रास्ट्रघाती नियतहरु पद्मा अर्यालको कार्यकालमा पुर्णबिराम लाग्नेछन् । स्याङ्जालिहरु गौरवान्वित हुन पाउनेछन् , आफ्नो जनमतले उच्च सम्मान पाएको महशुस गर्नेछन्। यसो हुन नसक्दाका कारण सृजना हुनसक्ने रास्ट्रीय, अन्तरास्ट्रिय र यहाको आफ्नो व्यक्तिगत राजनैतिक ईतिहास र भोलिका सामाजिक राजनैतिक अवसर र संभावनाहरुमाथी पर्नसक्ने असरहरुबारे समेत उत्तिकै सजग रहनुपर्छ, रहनुभएको होला र कृपया रहिरहनुहोला ।