चौरजहारी नगरपालिका वडा नं.–८, सोतीमा शनिवार वेलुका भएको घटनाका सम्वन्धमा नेकपा पश्चिम रुकुमले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जाजरकोट बाट आएका युवा र स्थानीयबासी विच भएको झडप बाट उत्पन्न घटना प्रति दुख ब्यक्त पनि गरेको छ ।
नेकपा पश्चिम रुकुमका अध्यक्ष गाेपाल शर्मा अनलले आइतबार साँझ विज्ञप्ति जारी गर्दै प्रेम सम्वन्ध र विवाह प्रसंगका कारण भएको भनिएको अकल्पनीय एवं निन्दनीय सो घटनाको निश्पक्ष छानविन गरि दोषिलाई कानुन वमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनको गम्भिर ध्यानाकर्षण गराएकाे बताएका छन । विज्ञप्तिमा भनिएको छ,घटनाका क्रममा वेपत्ता रहेका व्यक्तिहरुको तत्काल खोजीकार्य तथा उद्धारको लागि पनि स्थानीय सरकार, प्रशासन तथा सुरक्षा निकायलाई अनुरोध गर्दछौं ।

साथै सो घटनाका सम्वन्धमा पार्टीको तर्फवाट सत्यतथ्य वुझ्न र अनुसन्धानमा सहयोग गर्न पार्टीको प्रदेश कमिटी सदस्य चन्द्रवहादुर विश्वकर्माको संयोजकत्वमा प्रदेश कमिटी सदस्य पुश्प वादी र जिल्ला कमिटी सदस्य भिमा थापा सदस्य रहेको ३ सदस्यीय समिति गठन गरिनुको साथै घटनाको निश्पक्ष छानविन तथा अनुसन्धानमा स्थानीय प्रशासनलाई पूर्णरुपमा सहयोग गर्न जिल्ला कमिटीको तर्फवाट स्थानीय पार्टी एवं सरकारलाई निर्देशन गरिएको कुरा समेत जानकारी गराइएको छ ।
घटनामा निधन भएका जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं.–४, रानागाउँ निवासी नवराज वि.क. र चौरजहारी नगरपालिका वडा नं.–१ का टीकाराम वि.क.प्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं विज्ञप्तिमा भनिएको छ ।