
प्रजातान्त्रिक वकिलहरुकाे संस्था नेपाली डेमोक्रेटिक लयर्स एशाेसियन (डिएलए) नेपालले गएको जेठ १० गते रुकुमको चाैरजहारीमा घटेको घटनाको निशुल्क कानुनी सहायता प्रदान गर्न अधिवक्ता आरसि गाैतमलाई जिम्मेवारी ताेकेकाे छ ।
पाँच जनाकाे निधन र एकजना बेपत्ता हुने गरि केही ब्यक्ति बाट भएको अत्यन्तै कुर,अमानवीय घटनाको छानबिन तथा दाेषीलाई कार्वाही र पिडितलाई न्याय दिनकाे लागि निशुल्क कानुनी सेवा प्रदान गर्न डिएलए नेपालले गाैतमलाई जिम्मेवारी ताेकेकाे हाे ।
रुकुम निवासी गाैतम डिएलए रुकुमका अध्यक्ष पनि हुन । पिडित पक्षको तर्फबाट गाैतमले निशुल्क बहस गर्ने छन ।केन्द्रले दिएको जिम्मेवारी आफुले पुरा गर्ने अधिवक्ता गाैतमले बताए ।उनलाई महासचिव लक्ष्मीदेवी दाहाल रावतले जिम्मेवारी ताेकिएकाे पत्र शुक्रबार नै प्रदान गरेकी छिन ।