
लोकप्रिय गायक सुर्य खड्का र सम्झना लामिछाने मगरको सुमधुर स्वरमा भारतीय विस्तारवादको विरुद्धको समसामयिक गीत-“ दादागिरी छोड भारत” सार्वजनिक भएको छ ।देश सिमा लुटिएको विषयमा, शिब अखेलीको शब्द तथा खेम सेन्चुरी को लयमा रहेको गीत अत्यन्तै सान्दर्भिक र वर्तमान परिवेशमा धेरै नेपालीले रुचाएकाे प्रतिक्रिया कलाकारले दिएका छन । गितमा भारतलाई पछि हट नेपालमा हस्ताक्षेेप नगर भन्ने जस्ता शब्द हरु राखिएको छ ।
भारतले लिपुलेककाे सिमा मिचेर नेपाली भुमिमा सडक बनाएपछि नेपालीहरुले विभिन्न तरिकाबाट भारतकाे बिराेध गरिरहेका छन ।साेहि परिबेशमा आधारित दादागिरी छाेड भारत दादागिरी छाेड,हाम्लाइ पनि आउँछ कुटनितिकाे गुणान अनि जाेड भन्ने शब्दहरु गितमा समाबेश गरिएका छन ।सुर्य खड्काको युटुवबाट सार्वजनिक गरिएको उक्त गितमा राम्रो प्रतिक्रिया आएको कलाकार खड्काले बताए ।