
बिहान उठे देखि साँझ झमक नहुन्जेलसम्म बाहिरकाे काममा ब्यस्त हुनुपर्ने हामी धेरै नेपालीको जीवन शैली ।त्यो ब्यस्तता समय हामीले कृषि पेशामा खर्चेका छाै ।याे पेशालाई निरन्तर दिनुपर्ने बाध्यता हाे हाम्रो ।किनभने दैनिक छाक टार्न हामीले याे नगरि अर्को सम्भावना छैन । याे पेशा भने त्यहि सहज छैन,हामी सँग अनेक समस्या र अप्ठ्याराहरु छन् । जलस्रोतकाे दाेस्राे धनी देश तर पनि हामीले कृषि पेशालाई धान्न सिँचाइकाे मुख्य समस्या झेल्नुपर्ने अवस्था छ ।याे समस्या हामी सबै नेपाली कृषकको प्रमुख साझा समस्या हाे ।
प्रशस्त खेतीयोग्य जमिन भएपनि सिँचाइकाे अभाव हुदा अधिकासं ठाउँमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने हुन्छ । यहि कारणले उत्पादनमा ह्रास आइ बाह्य आयात खाद्यान्नमा हामी निर्भर हुनुपर्ने अवस्था छ । हामी सँग प्रशस्त सिँचाइ हुदाे हाे त हामी सँग भएका बाँझो जग्गामा सिँचाइ गरेर टन्न उत्पादन बढाउन सकिन्थ्यो हाेला ।
नेपालकाे जनसंख्याको ठुलो भाग कृषि पेशामा आबद्ध छ ।साँझ विहान मानिसहरु दुख कष्ट झेलेर याे पेशालाई निरन्तरता दिइरहेका छन ।तर पनि अनेक समस्याले गर्दा कृषकका सपनाहरु पूरा हुदैन ।
देशको बजेट अन्य उत्पादन नहुने ठाउँमा हाल्ने र कृषि उत्पादन बाट ठुलो अपेक्षा गर्नु गलत हाे । कृषि प्रधान भनेको के हाे ? सायद कृषि प्रधान भनेको नेपालमा कृषि उत्पादन धेरै हुन्छ,नेपालीहरुकाे कृषि पेशा प्रमुख पेशा हाे,कृषिले नै नेपालकाे खाद्यान्न अवस्था धानेको छ यस्तै यस्तै हाेला ? तर खै त कृषि पेशाले नेपालकाे खाद्य अवस्था धानेकाे ? हामीले सुन्छाै प्रत्येक बर्ष भारत तिर बाट गहुँ ,चामल ,मकै करोडौं रुपैयाँको भित्रिन्छ रे ? खाद्यान्न भारत बाट भित्रिएन भने नेपालमा खाद्यान्न संकट हुन्छ रे ? याे कुरा हाम्रो देशको शासन ब्यवस्थाले थाहा नपाएको त पक्कै हाेइन? हामीले दिनरात यसरी कृषि पेशामा काम गर्ने ,खाद्यान्न भारत बाट आउने ? यसकाे मुल समस्या के हाे ? राज्यले यसलाई किन गम्भीरतापूर्वक लिदैन ?
याे सिजन नेपाली खेतीपातीकाे सिजन,अहिले देशका धेरै ठाउँमा मकै बालिमा फाैजि किराले ठुलो क्षति गरेको खबर आएका छन् ।हाम्रो गाउँ ठाउँमा पनि त्यसको असर छ ।तर जिल्लामा स्थापना भएका कृषि विकास कार्यालयहरु त्यो किरा मार्न समेत क्षमता राख्दैन ।यस्तै बेला बेला विभिन्न राेग तथ प्रकाेपले कृषि बालि नष्ट हुन्छ ।कतिपय ठाउँमा बाँदर तथा अन्य जंगली जनावरले समेत क्षति गर्छन। अझ छिमेकी मुलुक भारतमा सलह किरा आइसक्यो रे ? त्यो नेपाल पसे त्यसले कस्तो हालत बनाउला ?भैपरी आउने संकट र बिपत्तिलाई राेक्न नसकिएला तर समयमै कृषकलाई मल उपलब्ध ,कृषकका बारीमा पसेका किरा मार्न त सक्छ हाेला नि सरकारले ?
सामान्य किरा मार्न सकिदैन भने कृषि क्षेत्रकाे विकास गर्न ठुला कुरा र भाषण गरेर के काम ? तराईलाई अन्नकाे भण्डार भनेपनि यस्तै तमाम समस्याले उत्पादनमा वर्षेनी ह्रास आइरहेको छ ।पहाडका बाँझा जग्गा सिचाइकाे अभावमा सधैं बाँझै ।अहिले मकै लगाएका कृषकहरु याे फाैजि किराकाे कारणले धुरुधुरु रुनु परेको छ ।भर्खरै सरकारले बजेट भाषण पनि गरेको छ,यति धेरै बजेट कृषिमा छुट्टयाइएको छ ।यस्तै बजेट अघिल्लो बर्ष पनि छुट्टयाइएको थियो हाेला ।खै त त्यो बजेटले कृषकलाई राहत दिएको ?
अहिले काेराेना भाइरसकाे महामारी छ ।अब झन खाद्यान्न अभावकाे संकट बढन सक्छ ।तत्कालकाे राहतले दुई छाक त टार्न सक्ला तर उसकाे दैनिकी कसरी चल्न सक्छ ।ठुला ठुला सपना देखाउदै मा सामान्य नागरिकको खाद्यान्न काे समस्या त टर्दैन, कृषि लाई आधुनिकि करण गर्ने कृषकलाई अनुदान दिने आस त देखाउछ सरकार । काेराेनाकाे माहामारीले विश्व गलेकाे बेला हाम्रो विदेशी भूमि मा बस्ने दाजुभाइ दिदीबहिनी नेपाल आउन खाेज्नु भएको छ ,उहाँहरु आउनु भयाे भने झनै खाद्यान्नकाे माग बढछ । अर्थात खाद्यान्न अभाव हुन नदिन धेरै लगानी कृषि क्षेत्रमा लगाउनु पर्छ अनि मात्रै कृषकका कुरा हुनेछन् पूरा ।