शारदा नगरपालिकामा छिमेकि मुुलुक भारतबाट आएर क्वारेन्टीनमा बसेको १ सय ११ जनाको स्वाब संकलन गरि परिक्षणको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ पठाइएको छ ।
भारतबाट आएर नगरभित्रका विभिन्न क्वारेन्टाइनमा राखिएका २ सय १७ मध्ये मंगलबार १ सय ११ जनाको पिसिआर परिक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
संकलित स्वाब परिक्षणका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ पठाइएकाे जिल्ला अस्पतालका सल्यानका प्रमुख डा. अर्जुण बुढाले जानकारी दिए ।भारतबाट आएका उनीहरु सवैलाई नगरले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।
नगरपालिकाले कसै लाई पनि समस्या नहोस भनेर प्रत्येक वडामा मापदण्ड सहितको क्वारेन्टा्र्रइन निर्माण गरिएको नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिए । सरकारले स्वाब कलेक्सनको लागी चाहिने भिटिएम किट पुरयाउन नसके पछि आफैले किट खरिद गरेको जनाए ।पछिल्लो समयमा भारत बाट आएका लाई कोरोना देखिए संगै सल्यान जिल्ला उच्च जोखिम रहेको आंकलन गरिएको छ ।