रामचन्द्र घिमिरे रजनी थापा
काेराेना भाइरसकाे महामारीले देश अस्तव्यस्त बनेको छ ।याे याे महामारी जित्ने हतियारकाे खाेजिमा विश्व संघर्ष गरिरहेकाे छ ।नेपाल पनि महामारीको गहिरो गम्भीर पीडा सामना गरिरहेको छ ।देशभर स्वास्थ्य सामाग्रीकाे अभाव छ ।एकले अर्कोलाई सहयोगकाे खाचो छ ।त्यो सहयोग अभियान घरमै बसेर नयाँ तरिकाबाट पनि सम्भव छ भन्ने उदाहरण नेपाली काँग्रेसका नेता रामचन्द्र घिमिरे र रजनी थापाले देखाएका छन ।
घिमिरे र थापालाई लकडाउनकाे अवधि कहिले पनि फुर्सदिलाे भएन ।उनीहरु याे अवधिमा विभिन्न सृजनात्मक तथा रचनात्मक काम गरेर काेराेना भाइरस महामारी नियन्त्रण तथा राेकथाममा सहयोग गरिरहे । रामचन्द्र नेपाली काँग्रेसकाे एउटा पुस्ताको बाैद्विक र अध्ययनशिल ब्यक्तिकाे रुपमा चिनिन्छन भने रजनी स्थानीय तहकाे निर्वाचनमा टाेखा नगरपालिका बाट उपमेयरकाे उम्मेदवार बनेर उपविजेता बनेकी थिइन ।
घिमिरेले र थापाले जुम मिटिङ मार्फत विभिन्न क्षेत्रका ब्यक्तिहरु सँग भाइरस राेकथाम तथा न्युनिकरणका विषयमा चेतनामुलक संवाद तथा छलफल कार्यक्रमहरु नियमित गर्दै आएका छन ।यस्तै थर्मोमिटर लिएर उनीहरु घरघरमा डाक्टर भन्ने कार्यक्रम लिएर घरघरमा पुगेका छन । आवश्यक ठानेर बोलाएको ठाउँमा जतिबेला पनि उनीहरू पुगिरहेका छन ।हामीले सामाजिक अभियान जस्तो चलाएका छाै याे अभियानमा सबैकाे सहयोग आवश्यक छ रामचन्द्र भन्छन् ।

उनीहरुले कोभिड १९ बहस कार्यक्रम भनेर लाइभ कार्यक्रम संचालन गर्दै आएका छन् ।उक्त कार्यक्रममा प्याथोलोजी, आर्युर्वेद, प्राकृतिक, योगाका डाक्टर, नर्स र पत्रकारलाई सहभागी गराएर कोभिड १९ रोगको परिचय, रोकथाम, सतर्कता लगायतका जनचेतनाका साथै पत्रकारहरुबाट भइरहेका घटनाहरुका बारेमा सचेतना दिइरहेका छन् ।
घिमिरे र थापाले काठमाडौँ टोखामा रहेको चण्डेश्वरी स्वास्थ चौकी टोखामा पुगेर पीपीई, मास्क र सेनीटाइजर अस्पतालका निर्देशक डा.सुमन आचार्यलाई उपलब्ध गराएका छन् । उनीहरु कोभिड १९ प्रारम्भ हुँदा घरघरमा पुगेर मास्क वितरण र यसबाट बच्नका लागि गर्नुपर्ने उपायहरु सिकाएका थिए ।

रजनी फाउण्डेशनकी अध्यक्ष रजनी थापाले भनिन्, यतिबेला जति सकिन्छ उति सहयोग गर्ने बेला भएको बताइन ।हामीले केही थाेरै भए पनि सहयोग गरेका छाै महामारी राेकथाममा सहयोग हुने अपेक्षा सहित थापाले भनिन ।सामाग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष दिपक जाेशी,डाक्टर सुमन आचार्य नेपाली काँग्रेस टोखा वडा नं. २ का सभापति काइला डंगोल, काँग्रेस नेताहरु युथ मर्हजन, रमेश नापित, फोटो पत्रकार प्रथम बोगटी, अस्पतालका डाक्टर, नर्स, स्वास्थ्य कर्मी लगाएतकाे सहभागीता रहेको रामचन्द्र घिमिरेले जानकारी दिए ।