
सल्यानको शारदा नगरपालिका अन्तर्गतका क्वारेन्टाइनमा रहेका २ सय ४२ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय सल्यानका अनुसार नगरपालिका अन्तर्गत पहिलो र दोस्रो चरणमा पिसिआर परिक्षणको लागी राप्ती बिज्ञान प्रतिष्ठान दाङ र चितवन पठाएका २ सय ४२ जनाको रिर्पोट आएको जनाएको छ ।
विशेष गरेर भारतबाट आएकाहरू नगरपालिका १२ वटा क्वारेन्टाइन ३ सय ३९ जना रहेको र २४२ जनाको रिर्पोट आए संगै अब भने ९७ जनाको स्वाब संकलन गर्न बाँकी रहेको नगरपालिकाले जानकारी दिएको छ ।
अन्य स्थानिय तहमा कोरोना संक्रमण बढ्दै जान थालेपछि सुरक्षाका लागि भन्दै नगरपालिकाले सबै वडाका सामुदायिक बिद्यालयहरुमा क्वारेन्टाएन निर्माण गरेको छ ।
२ सय ४२ जनाको रिर्पोट नेगेटिभ आए सँगै ति सर्बसाधारणहरु लाई अझै १४ दिन सम्म स्थानिय जनप्रतिनिधिको निगरानिमा रहन र सकेसम्म सामाजिक भेटघाट कम गर्ने गरि उनिहरुको क्वारेन्टाइन बाट बिदा गर्न लागिएको नगर प्रमुख सुरेस अधिकारीले जानकारी दिए ।
यता गत मंगलबार कपुरकोट गाउपालिकाका बिभिन्न क्वारेन्टाईनमा बसेका ३८ जनाको पनि रिर्पोट नेगेटिभ आए सँगै उनिहरुलाई पनि घर पठाइएको छ ।