
समाजवादी ट्रेड युनियन महासंघले सात प्रदेशमा प्रदेश संयाेजकहरु ताेकेकाे छ ।बिहिबार बसेकाे बैठकले गतिविधिहरुलाई विस्तार गर्दै मजदुरहरुकाे पक्षमा आवाज बुलन्द गर्न इन्चार्जहरु ताेकेकाे हाे ।समाजवादी ट्रेड युनियन को केन्द्रिय कार्यालयमा बसेकाे उक्त बैठकले प्रदेश १ मा महाेमद नसरुल, प्रदेश २ मा शाेभा देवि मण्डल ,प्रदेश ३ मा रामजी श्रेष्ठ , प्रदेश ४ मा ऋषिराम तिवारी , प्रदेश ५ मा मेनुका शाही,प्रदेश ६ मीन बहादुर कार्की र प्रदेश ७ मा तिलक जाेशिलाइ लाई संयाेजककाे जिम्मेवारी दिएको हाे ।
उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष नबराज दाहालले आफ्ना केही महत्त्वपूर्ण भनाईहरु पनि राखेर समग्र आन्दोलनको केही उपलब्धि हरु को समिक्षा गरेका थिए ।साथै अध्यक्ष दाहालले संगठित र असंगठित समाजिक सुरक्षा कार्यक्रममा आवद्ध हुन सम्पुर्ण मजदुर हरुलाई आह्वान गरेका छन ।
बिपदको समयमा हामी सबै मिलि सरकारलाई र अन्यायको विरुद्धमा लाग्न जोड दिएका छन ।यस्तै ट्रेड युनियन आन्दोलनमा समाजबदी ट्रेड युनियनको भुमिका महत्त्वपूर्ण भएकोे समाजबादी ट्रेड युनियन का प्रबक्ता उत्तम अधिकारिले बताए ।उक्त कार्यक्रम ट्रेड युनियनका महासचिव केशव राज अधिकारीले संचालन गरेका थिए । बैठक ले ११ सदस्यीय कार्य सम्पादन समितिको पनि निर्माण गरेको छ ।