
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रुकुम पुर्वको बिभिन्न गाँउमा स्थानीयले रोजगार पाएका छन् । रुकुम पुर्व अन्तर्गत भुमे गाँउपालिकाले प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत स्थानीयहरुलाई राेजगार दिदै बसपार्क निर्माण गरेको छ । जिल्लाकाे चुनबांङमा दश लाख लागतमा बस पार्क निमार्ण गरेकाे हाे ।

यातायातको सुबिधा भएपनि राम्रो बस पार्क नहुँदा समस्या भएको भन्दै गाँउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बसपार्क निमार्ण गरेकाे रोजगार संयोजक बसन्ती सुबेदीले बताइन । भुमे गाँउपालिका वडा नाै चुन्वाङका ५६ जना बेरोजगारहरुले २२ दिन लगाएर सो बस पार्क निमार्ण गरेका हुन् ।

आगामी आर्थिक बर्षमा पनि बजेट थप गरि बसपार्कलाई पुर्ण रुपमा निमार्ण गरिने रोजगार संयोजक सुवेदीले जानकारी दिइन । आफ्नै घर अगाडी काम पाएपछि स्थानीयहरु खुसी भएका छन् । लकडाउनको बेला बेरोजगार भएर बसेका उनीहरुले खुसी प्रकट गरेका हुन् । उक्त गाउँपालिकामा प्रधानमन्त्री राेजगार कार्यक्रम प्रभावकारी बनेको छ ।