
सल्यानको शारदा नगरपालिकाले कोरोना भाइरसलाई नगरभित्र फैलिन नदिन स्वास्थ्य क्षेत्र मा क्विक रेस्पोन्सको नीति अपनाउने भएको छ । शुक्रबार शारदा नगरपालिकाले काेराेना भाइरसको अवस्था र स्वास्थ्य चुनौतीका विषयमा पत्रकारहरु सँग छलफल गर्दै क्वारेन्टाइनमा बसेका ३ सय ५० जनाको पिसिआर विधि बाट स्वास्थ्य जाँच गरेको १०० जनाको आरडिटी मार्फत परिक्षण गरेको बताएको छ। नगर भित्रका कुनै पनि मानिसलाई स्वास्थ्य समस्या देखिने बितिक्कै स्वास्थ्यकर्मीको निगरानीमा रहने ब्यबस्था गर्न लागिएको शारदा नगरपालिकाका सिनियर अहेब अधिकृत रविन विष्टले जानकारी दिए ।
कोरोना रोकथाम र स्वास्थ्य चुनौतीका विषयमा आफुले कुनै कसर बाँकी नराख्ने गरि विभिन्न अबधारणाका साथ अगाडि बढी रहेको पनि नगरपालिकाले जनाएको छ ।नगरपालिकाले आफना नगरवासीलाई मात्रै नभइ अन्य पालिका र जिल्लाबाट आएकाहरुलाई समेत क्वारेन्टाइनमा राखिएको र एक महिना अगाडि देखि नगरपालिकाका १२ वटै क्वारेन्टाइनमा बसेका सर्बसाधारण पिसिआर परिक्षण गरेर मात्रै घर पठाएको नगरप्रमुख सुरेस अधिकारीले जानकारी दिए ।
नगरपालिकामा अहिले सम्म पिसिआर जाँच भएका सवैको रिर्पोट नेगेटिभि देखिएको छ । तरपनि जोखिमको अवस्था कम नभएकाले बैदेशिक रोजगारी बाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्ने काम नगरपालिकाले हाल सम्म पनि गरि रहेको छ ।