
UNFPA को UNFPP प्रोजेक्ट अन्तर्गत मेरिस्टोप इन्टरनेशनल नेपाल/सुनौलो परिवार नेपालले रुकुम पुर्व र रुकुम पश्चिम का बिभिन्न स्वास्थ संस्थाहरुमा पुगेर परिवार नियोजन सेवा तथा परिवार नियोजन परामर्श सेवा प्रदान गर्दै आइरहेको छ। लकडाउनकाे समयमा पनि निरन्तर सेवा गर्दै आएको संस्थाले जानकारी दिएको छ । रुकुम पुर्व र पश्चिमका विकट तथा दुर्गम गाउँमा लक्षित गरि उक्त सेवा उपलब्ध गराउदै आएकाे हाे ।
लकडाउनकाे समयमा धेरै अनिञ्छित गर्व रहने खतरालाई मध्यनजर गर्दै उक्त सेवालाई अझ प्रभावकारी गराइएको मेरिस्टाेप रुकुमकी कार्यक्रम अधिकृत शुस्मा घर्ती मगरले जानकारी दिइन ।हामीले दक्ष तथा तालिम प्राप्त स्वास्थ्यकर्मी बाट फिल्डमै पुगेर परिवार नियाेजन सेवा उपलब्ध गराउदै आएका छाै, अधिकृत शुस्माले भनिन। यस्तो अवस्थामा महिलाहरुकाे प्रजनन तथा मानसिक स्वास्थ्यलाई सुरक्षित बनाउने कार्यक्रमकाे लक्ष्य रहेको छ ।

मेरिस्टोप रुकुमले बिगत तीन बर्ष देखि रुकुम पुर्व र रुकुम पश्चिम दुई वटै जिल्लामा परिवार नियोजन तथा प्रजनन स्वास्थ सेवा प्रदान गर्दै आइरहेको छ । लकडाउनको पहिलो दुई महिना शाखा कार्यालय बाटै नियमित सेवा उपलब्ध गराएको र त्यसपछि दुई जिल्लाका विभिन्न दुर दराजका स्वास्थ्य संस्थाहरुमा पुगेर सेवा दिइरहेको बताइएको छ। याे बिचमा करिव सय जना महिलाले परिवार नियाेजनकाे लामाेे समय अबधि सम्म काम गर्ने Implant तथा IUCD सेवा प्राप्त गर्नुका साथै फाेनकाे माध्यम बाट पनि परिवार नियाेजन परामर्श सेवा पाएका छन । सामाजिक दुरी कायम गर्दै सरकारले अगाडि सारेका काेराेना नियन्त्रण सम्बन्धि रणनीतिहरु पुर्ण पालना गर्दै सेवा उपलब्ध गराएको संस्थाले जनाएको छ ।ज्ञान र चेतनाकाे अभावले अझै पनि महिलाकाे प्रजनन स्वास्थ कमजोर हुने गरेको छ ।परिवार नियाेजन सेवालाई लकडाउनकै अवधिमा पनि निरन्तरता दिन रुकुम पुर्व र पश्चिमका क्वारेन्टाइनहरुमा पनि परिवार नियाेजन परामर्श सेवा प्रदान गर्ने कार्यक्रम अधिकृत सुम्माले बताइन् ।
