सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय रुकुम पश्चिमले आठबिसकोट नगरपालिकाका एक ब्यक्तिको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ ।उक्त कम्पनीले नगरपालिका ३ स्याँलाखदीका स्वर्गिय प्रभा बोहाराका श्रीमान गोपाल बोहोरालाई मृत्यु दावी भुक्तानी गरेको हो । मृतक प्रभाको श्रीमानलाई वडा नम्बर ९ राडिमा एक औपचारीक कार्यक्रमका बिच ८ लाख २ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरिएको छ ।
मृतक प्रभाले २०७५ साल असार २२ गते सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय रुकुम पश्चिममा जीबन बिमा योजना सुरु गरेकि थिइन् । उनको २०७६ साल भदौ २५ गते उपचारको क्रममा निधन भएको थियो । उनलेे जम्मा ७ लाख ५० हजारको बिमा गरेकि थिइन् । बिमा गरिसकेपछि कम्पनीलाई २ किस्ता बाफतको ९९ हजार ९ सय २ रुपैयाँ समेत बुझाइ सकेकि थिइन् ।
मृतक प्रभाले गरेकाे बिमांकन रकम ७ लाख ५० हजार, कम्पनीलाई बुझाएको २ बिस्ताको ९९ हजार ९ सय २ रुपैँया र ५२ हजार ५ सय बोनस गरि जम्मा ८ लाख २ हजार ५ सय रुपैँयाको चेक उनका श्रीमान गोपाल बोहोरालाई नगर प्रमुख गोर्ख बहादुर केसी,वडा नम्बर ९ का वडाअध्यक्ष तारक बहादुर शाहि र उक्त कम्पनीको रुकुम उपशाखा प्रमुख महेन्द बिकले हस्तान्त्रण गरेका हुन ।