सल्यानकाे त्रिवेणीको वडा कार्यालयमा यौनजन्य क्रियाकलापमा वडा अध्यक्ष संलग्न रहेको भन्ने घटनामा आफुलाइ प्रयोग गरेर वडा अध्यक्ष लाई फसाउन खोजिएको बताएकी छन । आरोपित महिलाले आइतबार आफ्नै घरमा विष सेवन गरेपछि घटना फरक देखिएको हो । बुधबार राती वडा कार्यालयमा वडा अध्यक्ष पर स्त्री सँग भेटिएको भनेर स्थानीयहरुले दुवै जनालाई कारवाहीको माग गर्दै नाराबाजी पनि गरेका छन् । स्थानीयहरुको जाहेरी पछि उनीहरुको मुद्दाको सन्दर्भमा हाल अनुसन्धान भइरहेको बताइएको छ । वडा अध्यक्ष छविलाल शर्मा सँग वडा कार्यालयमा भेटिएको आरोप लागेकी रमा रावतले भने आफुले गल्ती नगरेको र स्थानीयहरुले वडा अध्यक्ष र आफुलाई फसाउनको लागि यति गरिएको भन्दै मिडीयामा आएकी हुन।
उनले वडा अध्यक्ष सँग सहयोग माग्नको लागि गएको र उनी सँग कुरा गरिरहेको बेलामा एक्कासी आएर ढुंगा मुढा गरेपछि ज्यान जोगाउनको लागि कोठा भित्र पसेको र त्यही अवस्थामा स्थानीयहरुले बाहिरबाट थुनेको बताएकी छिन् । फोन गरेर केही व्यक्तिहरुले तनाव दिएपछि आफु सहयोग माग्न वडा अध्यक्ष सँग पुगेको उनको भनाई छ ।मिडीया सँग बोल्दै आरोपित रावतले आफुलाई अहिले पनि वडा अध्यक्षलाई फसाउनुपर्छ, तिमीलाई केही हुँदैन भनेर दवाव दिइरहेको बताएकी छिन् । आफन्त र गाउँलेहरुले घर घेर्ने, कुटपिट गर्ने लगायतका शारिरीक र मानसिक तनाव दिने गरेपछि आफु विष पिउन बाध्य भएको रावतले बताएकी छिन् । स्थानीयहरुले उनीहरु सार्वजनिक स्थानमा यौनजन्य क्रियाकलापमा संलग्न भएको हुंदा कारवाही हुनुपर्ने भनि माग गर्दै आएका छन् । आरोपीहरु दुवै जनाले आफहरु निर्दोष रहेको र व्यक्तिगत पूर्वाग्रहका कारण आफुहरु माथि षडयन्त्र गरिएको बताएका छन् । यस सम्वन्धमा अनुसन्धान भइरहेको साथै आरोपिहरुको बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।