शारदा नगरपालिकाको श्रीनगर स्थित टाउन प्लानिङ क्षेत्रको सडक पुर्णरुपमा कालोपत्रे भएको छ । करिब दश बर्ष अगाडि खेतैखेत भएको क्षेत्रमा हाल घनाबस्ती हुदै टाउन प्लानिङ क्षेत्रमा पक्की सडक निर्माण भएको हो । गत बर्ष असारमा सम्झौता भई २०७७ असार मसान्तमा सडक कालोपत्रे जिम्मा लिएको लक्ष्मण निसान जेभि कन्ट्रक्सनले लिएको काम समयमै सकेर स्थानिय सरकार लाई हस्तारण गरेको छ ।शारदा नगरपालिका र प्रदेश सरकारको लगानीमा बनेको उक्त सडकको उद्धघाटन गर्दै शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वाला र नगरपालिकाको संयुक्त पहलमा प्रदेश र नगरपालिकाले बजेट बिनियोजन गरेर सडक कालोपत्रे लाई अगाडी बढाएको स्मरण गर्दै आम सर्बसाधारणले बिकास र उन्नती चाहेकोले स्थानिय सरकारले गर्नु पर्ने कामको गति लाई निरन्तरता दिनको लागी आफु लागीपरेको बताए ।
प्रमुख अधिकारीले नगरभित्र बसोबास गर्ने आमसर्बसाधारणले अनुभुति गर्ने खालको बिकास चाहेकोले बिकास निर्माणका कामहरुमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । सल्यान जिल्लाकै प्रमुख बजार श्रीनगरको पछाडि तिर रहेको टाउन प्लानिङ क्षेत्रमा छोटो समयमा नै घनाबस्ती हुदै हाल आएर चारैतिर सडक कालोपत्रे बनेको छ । गत बर्ष असारमा एकबर्ष भित्र सडक कालोपत्रे गर्ने जिम्मा लिएको लक्ष्मण निसान जेभि कन्ट्रक्सनले समयमानै काम सकेर सोमबार एक कार्यक्रमका बिच सडक स्थानिय सरकारलाई हस्तारण गरेको हो ।
निर्माण कम्पनीका प्रतिनिधि डिल्ली केसीले सरकारको निति नियममा रहेर समयमै काम सकेर जिम्मा दिएका छौ, इन्जिनियरको इस्टोमेट अनुसार सडक कालोपत्रे भएको र अब थोरै मात्रामा नालाको काम भएको त्यो पनि छिट्टै सक्नेमा प्रतिबद्ध रहेको बताए ।
प्रदेश सरकारको ६० प्रतिशत बजेट र नगरपालिकाको ४० प्रतिशत गरि कुल एक करोड २६ लाख लागतमा कालोपत्र सडक निर्माण भएको हो । सडकको नगरप्रमुख संगै नगरपालिकाका प्रशासकिय अधिकृत प्रकाश देबकोटा,योजना अधिकृत केसब बुढाथोकीले निरिक्षण गरेका थिए ।