सल्यानको त्रिवेणी गाउँपालिकाले ६१ अति विपन्न परिवारलाई सोलार सेट वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका ६१ घरधुरी विपन्न परिवारलाई सोलार सेट वितरण गरेको हो ।आर्थिक रुपमा पछि परेको विपन्न परिवारलाई, एकल महिला, दलित, जनजाति निशुल्क रुपमा सोलार सेट बितरण गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए । उज्यालो गाउँपालिका कार्यक्रम अन्र्तगत विद्युत नपुगेका र अति विपन्न घरपरिवार पहिचान गरी सोलार वितरण गरिएको उनको भनाई छ ।उज्यालोको समस्या भोगिरहेका स्थानीय विपन्न परिवारको दैनिकीमा सहज हुने अपेक्षा सहित हाललाई विद्युत विस्तार गर्न नसकिएको वडामा अध्यारोमा बस्न वाध्य भएका परिवार पहिचान गरी प्रत्येकलाई ५५ वाट क्षमताको सोलार बाँडिएको अध्यक्ष डाँगीले बताए ।
सोलार हातमा लिदै विपन्न परिवारले वर्षौँदेखि अँध्यारोमा रात बिताउँदै आएका अब भने रातको समयमा घर नै झिलिमिली हुनेपछि आफूहरु खुुसीरहेको बताएका थिए । टुकीको भरमा गुजारा चलाउन निकै अप्ठ्यारो भइरहेको बेला अहिले रातको समयमा घरायसी कामकाज गर्न र केटाकेटी पढाउन सजिलो भएको स्थानीयको भनाइ छ ।गाउँपालिकामा अझै विपन्न घरधुरीलाई वैकल्पिक ऊर्जाको आवश्यकता रहेको र अबको नयाँ आर्थिक बर्षमा थप बिपन्न परिवारको पहिचाहन गरि सबैको घरघरमा उज्यालो पु¥याउने लक्ष्य राखेको गाउपालिकाले जनाएको छ ।