तपाई आफ्नो जन्मदिनको अवसरमा के गर्नुहुन्छ ? जन्मदिनको अवसरमा ठुलाठुला होटेलमा जाने, पार्टी गर्ने, भोज भतेर गर्ने, साथी भाइ सँग बसेर मदिरा ,मासु खाएर हजारौं खर्च गर्ने लगायतका काम गर्नुहुन्छ होला तर रुकुमका एक व्यक्तिले भने त्यसलाई सदुपयोग गर्नुभएको छ । त्रिवेणी गाउपालिका ७ का युवा नेता एवम समाजसेवी अमर ओलिले भने फरक तरिकाले जन्मदिन मनाएका छन । युवा नेता ओलिले आफ्नो जन्मदिनको अवसरमा एक बिद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेका छन। जन्मदिनको अवसरमा ओलिले आठबिसकोट नगरपालिका १४ स्थित जनबिकास माबी ज्यामिरकोट टाकुरालाई पाँच हजार बराबरको बिविध खेलकुद सामाग्री प्रदान गरेका हुन । जन्मदिनको प्रहिलो चरणमा युवा ओलिले भलिबल, चेस बोर्ड, लुडाे बोर्ड, रिङ्ग, स्किपिङ लगायतका सामाग्रीहरु प्रदान गरेका हुन ।
खड्कचन्द्र स्मृति फाउन्डेसन त्रिवेणी गा.पा.वडा न.०७ रुकुम (पश्चिम ) का अध्यक्षसमेत रहेका ओलिले जिल्लाका अन्य ९ वटा बिद्यालयलाई पनि जन्मदिनको अवसर पारेर प्रति बिद्यालय ५ हजारका दरले करिब ५० हजारका विविध सामानहरु प्रदान गर्ने घोषणा गरेका छन । युवाहरुले नै समाजको नेतृत्व गर्ने भएको र जन्मदिनमा हुने अनावश्यक खर्चलाई सदुपयोग गर्नका लागि बिद्यालयलाई सहयोग गरेको समाजसेवी युवा अमर ओलिले बताए । युवा नेता ओलिको सृजनशिल कामले सबैलाई सिकाई हुने भन्दै बिद्यालय परिवारको तर्फ बाट समाजसेवी ओलिलाई प्रधानाध्यापक दिपक सङगम थापाले धन्यवाद दिए । आगामी दिनहरुमा पनि अन्य ब्यक्तिहरुले जन्मदिन मनाउने नाममा अनावश्यक खर्च नगरी गरिब, अनाथ एवम शैक्षिक क्षेत्रमा सदुपयोग गर्नुपर्नेमा समाजसेवी ओलिको भनाई रहेको छ ।