छ न त विदेशको पीआर छ…’ बोलको गीतबाट चर्चा कमाएकी गायिका अनिता चलाउनेले बुधबार आफ्नो नयाँ तीजको गीत सार्वजनिक गरेकी छन् । ‘यस्तो बनोस मेरो तीज’ बोलको गीत उनले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् । गीतमा उदियमान गायिका समिक्षा अधिकारी र बेनिशा पौडेलको कोरस गायन रहेको छ ।
यो गीतको भिडियोमा ‘ट्विनी गर्ल्स’ प्रिन्सी र प्रिज्मा खतिवडाको नृत्य हेर्न पाइन्छ । उनीहरुलाई हास्यकलाकार सागर लम्साल ‘बले’ ले साथ दिएका छन् । पछिल्लो समय म्युजिक भिडियोमा सागर र ट्विनी गर्ल्सको जोडी निकै चलिरहेको छ । उनीहरुको बढ्दो क्रेजलाई हेरेर म्युजिक भिडियोमा अनुवन्ध गरेर अनिताले बताइन् ।अनिता कलाकार मात्रै नभएर संचारकर्मी समेत हुन।