काठमाण्डौँ – विश्वका अधिकांश देशहरु अहिले कोरोना महामारीको चपेटामा परेकाछन् । नेपालमा पनि यस महामारीको धेरै प्रभाव बढेको छ । खास गरी सर्वसाधारण र व्यवसायीले समस्या खेप्नुपरेको छ । सिभिल मलका व्यवसायीले लकडाउनमा व्यापार व्यवसाय हुन नसक्दा भाडा समेत तिर्न नसक्ने भन्दै मल व्यवस्थापनलाई तालाचाबी बुझाउँने भएका छन् ।
मल सञ्चालकले व्यवसायीलाई ५० प्रतिशत भाडा असार २५ गतेभित्र बुझाउन भनेको थियो । तर सो भाडा तिर्न व्यवसायीहरु सक्षम नभएकाले आफूहरुसँग भएको सम्पति (पसल) नै व्यवस्थापनलार्ई जिम्मा लगाउन लागिएको सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले बताए ।
यद्यपि सञ्चालकसँग भाडाको विषयमा सहमति गर्न अहिले पनि व्यवसायी छलफलमा छन् । यदि सो विषयमा सहमति नभएमा आजै १ बजे सबै व्यवसायीले सञ्चालकलाई तालाचाबी बुझाउँने घिमिरेको भनाइ छ ।