काठमाडौं – डोटी जिल्लाको केआईसिंह गाउँपालिका–५, रामन्वाला जाजरमा पहिरोमा पुरिएर जीप दुर्घटनाग्रस्त बनेको छ । बिहीवार राति गाउँपालिकाबाट दिपायल जाँदै गरेको से १ च २१२५ नम्बरको जीप पहिरोमा च्यापिएको हो ।
यात्रुहरु पुर्याएर फर्केको जीप सडकमा ढुंगा खसेको देखेपछि चालक योगेन्द्र साउदले रोकेका थिए । चालक ढुंगा फाल्न जीपबाट झरेका बेला जीपमा पहिरो खसेको हो ।
जीपमा चालक एक्लै रहेका कारण र थप मानवीय क्षति हुने नपाएको बताइएको छ ।