जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जुवातास खेलिरहेकाे अवस्थामा १० जनालाई नगदसहित पक्राउ गरेको छ ।मुसिकाेट नगरपालिका १ सल्ले स्थित केशव सुनारको घर काेठामा अबैध तरिकाले जुवातास खेलिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हाे ।प्रहरीले निजहरूको साथ बाट तासबुक ४ थान ,नगद ४६ हजार १ सय चालिस समेत बरामद गरेको जनाएको छ ।पक्राउ परेको हरुलाई उ विरुद्ध जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय रुकुममा लुकिछिपि अबैध जुवातास धन्दा चलेको थाहा पाएपछि पश्चिम रुकुम प्रहरीले व्यापक सर्च सुरु गरेको छ ।अबैध घरेलु मदिरा तथा अन्य सामाजिक विकृतिका कार्यहरु नियन्त्रण गर्न प्रहरी समुदाय सँग सहकार्य गरेर अगाडि बढिरहेका जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका डिएसपी ठग बहादुर केसीले जानकारी दिए।