साउदी अरबको रियादमा रहेको जहरान कम्पनिमा बिगत १४ महिनादेखि कामगर्दै आएकि रुकुमकि सीता परियारलाई सिटी एक्सप्रेसले आर्थिक सहयोग गरेको छ ।
कामकै शिलशिलामा साउदी पुगेकि सिताकाे अचानक दुबै आँखाले काम गर्न छाडेको र रकम अभाब रहेको कुरा थाहा पाएपछि सिटी एक्सप्रेस साउदी अरबले सहयोग गरेको हाे ।उपचार अभावमा छट्पटी रहेकि सिताले सिटि एक्सप्रेसले गरेको सहयोगले आफुलाई राहत महशुस भएको बताइन् ।
“जहा नेपाली त्यँहा सिटी एक्सप्रेस “ भन्ने मुल नारालाई आत्मसाथ गर्दै परियारको उपचारमा धेरै खर्च लाग्ने हुदा सहयोग स्वरुप सिटी एक्सप्रेसले नगद बिस हजार (२०,०००) नेपाली रुपिया सहयोग गरेको हाे। गत बुधबार कम्पनिकै मै पुगेर (ANB बैक ) टेलिमनी बैकका रेमिट्यान्स मेनेजर जीतेन्द्र थपलियाले सिटी एक्सप्रेसका तर्फबाट उक्त रकम पिडित सीता परियारलाई हस्तान्तरण गरेका हुन । रकम सहयोग कार्यक्रममा साउदी अरब स्थित नेपाली समुदायको अभिभावकको रुपमा परिचित अन्तर संस्था समन्वय समितीका अध्यक्ष तथा सामाजिक व्यक्तित्व अमृत पौडेल को पनि उपस्थित रहेको थियो।
सिटी एक्सप्रेसले बिगतका दिनहरुमा साउदी अरबमा बिभिन्न समस्यामा परेका पिडीतहरुलाई सहयोग गर्दै आएको छ। साउदी अरबको रियादमा केहि महिना अघि अलपत्र २५ जना नेपालीलाई सिटी एक्सप्रेस साउदी अरबले एक महिना पुग्ने खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराएको थियो ।उनिहरु आर्थिक अभावमा संकटमा परेका थिए ।