
लामो समयदेखि मस्तिष्क पक्षघात ग्रेड ३ राेग बाट थलिएर गम्भीर विरामी परेका एकजनालाई हामी नेपाली ग्लोबल दक्षिण काेरियाले आर्थिक सहयोग गरेको छ । कोरियाको इन्जे युनिभर्सिटी हस्पिटलमा मस्तिष्कको शल्यक्रिया तथा उपचार गर्दै आइरहेका काभ्रेपलान्चोक पनौती स्थायी घर भएका युवा संजय खत्रीलाई उपचारमा सहयोग गर्न हामी नेपाली ग्लोबल दक्षिण काेरियाले पाँच लाख वन सहयोग गरेको महासचिव ओमलाल ओलीले जानकारी दिए ।
खत्रिकाे आर्थिक अभावका कारणले उपचारमा समस्या हुदै आएको छ । काभ्रे सम्पर्क समिती दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका सामाजिक कार्यमा सक्रिय युवा खत्री सन् २०१७ मा कोरिया पुगेका थिए । महासचिव ओलीका अनुसार विरामी खत्री काेरिया पुगेको एक बर्षमै विरामी भै २०१८ मा मस्तिष्कको पहिलो,दोस्रो,तेस्रो गरी ३ पटक अप्रेसन समेत भएको थियो ।त्यसपश्चात निरन्तर किमो थेरापी गरि अस्पताल फलोअप गर्दै आइरहेका भएपनी फेरि ट्युमर बढेर २०१९ को अन्तिम तिर उनी दोस्रो पटक अस्पताल भर्ना भएका थिए ।
दक्षिण कोरियामा रहेका बिभिन्न सामाजिक संघसस्थाहरु तथा ब्यक्तिगत रुपमा प्राप्त सहयोगबाट उपचार र सल्यक्रिया गरी अहिलेसम्म उनको ट्युमर ग्रेड ३ मै रोकथाम गरी ट्युमर धेरै फैलिन नदिन उपचार भैरहेको छ ।हाल निरन्तर थेरापी गर्दै अस्पतालमा चेक गरिरहनुपर्ने र ट्युमर एकदमै agressive भएकोले फेरिपनि सल्यक्रिया गर्नुपर्ने अवस्था आउनसक्ने डाक्टहरुले बताएका छन । उनलाई थप उपचार गर्न आर्थिक आवश्यकता रहदै आएकाे हामी नेपाली ग्लोबल दक्षिण कोरियाका उपाध्यक्ष भवानी घिमिरेले जानकारी दिए ।
विरामी खत्रीलाई दक्षिण काेरियामा पनि कोरोना भाइरसका कारणले भेटघाट गर्न नसकेकाे हुदा सिधै निजकाे खातामा पैसा सहयोग गरेको हामी नेपाली ग्लोबल दक्षिण काेरियाकि अध्यक्ष अम्बिका डिसि पार्कले बताइन । हामी चाडैं काेराेनाकाे अवस्था केही सहज भयो भने विरामी भेटन अस्पतालमा जाने छाै अध्यक्ष डिसि पार्कले भनिन ।संसार भरिका नेपाली विच एकता गास्दै दुखमा सहयोग आदानप्रदान गर्ने उदेश्यले स्थापना भएको हामी नेपाली ग्लोबल दक्षिण काेरिया राष्ट्रिय शाखाले विगतमा पनि धेरै उद्दार तथा सहयोगका कामहरु गर्दै आएको छ ।