विराटनगर – मोरङ प्रहरीले लागूऔषध कारोवार गरेको आरोपमा दुई चिया पसल सञ्चालकलाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१५, रानीबाट ६० वर्षीया मनकामना झा र ४५ वर्षीया सहेदा खातुनलाई पक्राउ गरिएको हो ।
उनीहरुको रानीमा चिया पसल छ । पसलबाट लागुऔषध बरामद भएपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।
विशेष सूचनाका आधारमा पसलमा छापा मार्न मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का आफैँ पुगेका थिए ।
त्यसक्रममा झाको चिया नास्ता पसलबाट तीन बोतल डाइलेक्स डीसी र ३० चक्की नाइट्राभेट ट्याब्लेट लागुऔषध बरामद भएको थियो ।
झासँगै प्रहरीले नजिकै रहेको अर्को चिया नास्ता पसलकी सञ्चालक खातुनलाई पनि पक्राउ गरेको हो ।