जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमी अयोध्या नेपालको पर्सामा रहेको भनेर दिएको अभिव्यक्तिविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
जानकी मन्दिरका महन्थ, साधुसन्तसहित बिभिन्न हिन्दू संघ–संगठनका पदाधिकारीले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध शनिबार प्रदर्शन गरेका हुन् । प्रधानमन्त्रीले हुँदै नभएको कुरा बोलेर दुई देश बीचको धार्मिक, सांस्कृतिक सम्बन्ध बिगार्न खोजेको उनीहरुको आरोप छ ।
‘जनकपुरधाम–अयोध्याधाम सम्बन्ध कायम रहुन्, प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिउन्, संस्कृति उपरको हमला बन्द गर, धर्म र आस्थामाथिको राजनीति बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।