पोखरा – गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघेको छ । आइतबार प्रदेशभरि २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ३२० पुगेको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबारमात्रै गण्डकीका ६ जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुने जिल्लामा लमजुङ र कास्कीका १२ जना छन् । जसमध्ये लमजुङका ६ र कास्कीका ६ जना रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार लमजुङका विभिन्न स्थानीय तहका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बेशींसहर नगरपालिका, राईनाश गाउँपालिका, दूधपोखरी गाउँपालिका र सुन्दरबजार नगरपालिकाका एक÷एक जना छन् ।