काठमाडौं – प्रहरीले १३ वर्ष पहिले अपहरणपछि हत्या गरेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुजफ्फरपुर, नगरखाना आखाडाघाटका राजेशकुमार गुप्ता छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनलाई सर्लाहीको मलंगवाबाट विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापाका अनुसार २४ असोज २०६४ मा राई स्कुल जोरपाटीको कक्षा ७ मा अध्ययन गर्ने रोहित गुप्ता अपहरणमा परेका थिए ।
लगत्तै अपरिचित व्यक्तिले फोन गरेर २ लाख ५० हजार रुपैयाँ फिरौती मागेका थिए ।