काठमाण्डौको नागढुंगा नजिकै नागमन्दिर छेउ र झ्याप्ले खोलामा ठूलो ढुंगा खसेपछि अवरुद्ध भएको सडकमा एकतर्फी गाडी चल्न थालेको छ ।
राति ठूलो ढुंगा खसेपछि अवरुद्ध भएको सडकमा खसेको ढुंगा हटाएपछि अहिले आलोपालो गरेर एकतर्फी गाडी चल्न थालेका प्रहरीले जनाएको छ ।
तर धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोलाको पुल बाढीले बगाएपछि अवरुद्ध सडक खुलाउन भने समय लाग्ने प्रहरीले जनाएको छ ।