नेपाली काँग्रेस रुकुम पश्चिमले नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाकाे ३८ औं स्मृति मनाएकाे छ ।स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुकुम पश्चिमले विपीको शालिकमा पुष्प गुच्छा चढाएर बिपि प्रति श्रद्धासुमन व्यक्त गरेको हाे । साेहि अवसरमा नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले विपीको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताएका छन् ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका रुकुमका पूर्ब सभापति तथा नेपाली काँग्रेसका महासमिति सदस्य मानबहादुर नेपाली, नेपाली काँग्रेस केन्द्रिय नीति ,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य तथा नेपाली काँग्रेसका महासमिति सदस्य कृष्णबहादुर रोकाय,मुसिकाेट नगर सभापति महेन्द्र केसी , नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारी, भातृ संगठनका प्रमुख तथा प्रतिनिधी लगायत नेपाली काँग्रेसका नेपाली काँग्रेस रुकुम पश्चिमका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण काँग्रेस रुकुम पश्चिमका सचिव गोरखबहादुर खत्रीले गरेका थिए ।