जननायक बीपी कोइरालाको ३८औं स्मृति दिवस का अवसरमा बैतडीको दुईटा विद्यालयहरुमा वृक्षरोपण गरिएको छ। नेपाल विद्यार्थी संघ बैतडी जिल्ला सदस्य रमेश महताको संयोजकत्वमा नेबिसंघ बैतडीले जिल्लाका दुई विद्यालयहरुमा उक्त वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो। शिवनाथ गाउँपालिका वडा नम्बर २ मा पर्ने श्री नागार्जुन उच्च मावि शर्माली र वडा नं ४ मा पर्ने चन्द्र देवल मावि स्वलपलामा सम्पन्न सो कार्यक्रममा कांग्रेस महासमिति सदस्य एबं शिवनाथ गाउँपालिका का अध्यक्ष कर्ण सिह साउद, नेपाली कंग्रेसका युवा नेता दशरथ चाड, विद्यार्थी नेताहरु हर्ष साउद, महेश महता, विजय चन्द, महादेव महता, लोकेश महता लगायतको उपस्थिति रहेको नेपाल विद्यार्थी संघ बैतडी जिल्ला कमिटी सदस्य रमेश महताले बताए । उक्त वृक्षारोपण कार्यक्रमका लागि ६०% बोटबिरुवा स्थानीय स्तर र ४०% बोटबिरुवा बाहिरबाट ल्याइएर लगाइएको थियो।
वृक्षारोपण गरिएका बोटबिरुवाहरुमा साल, सल्ला, रिट्ठा, चिउरी,आँप, डाली घाँस, आरु, अनार, अम्बा, लप्सी र विभिन्न किसिमका फूलहरु रहेको बताइएको छ।
कार्यक्रममा शिबनाथ गाउ पालिका का अध्यक्ष कर्ण सिह साउदले बिपी कोइराला देश र माटो बुझेको समाजवादी नेता भएको बताउदै स्वर्गीय कोइराला प्रधानमन्त्री हुदा नेपाल कृषि प्रधान देश भएकोले प्रधानमन्त्रीले जनताको भावना संग नजिक रहन आफ्नो कार्यालयमा किसान र हलोको चित्र राख्न लगाएको स्मरण गर्दै उहाको मूल्य, मान्यता र आदर्श सबैले व्यवहारमा लागु गर्न सके देश र समाज बदल्न सकिने बताए।
त्यसै गरी सोही कार्यक्रममा युवा नेता दशरथ चाडले नेविसंघ कांग्रेसको नर्सरी भएको बताउदै पार्टी बलियो बनाउन बि पी को आदर्श र बाटोमा सम्पूर्ण कांग्रेसजनहरू एक ढिक्का भएर अगाडी बढ्नुपर्ने बताए ,