राजविराज – सरकारले चार महिनादेखि गरेको लकडाउन अन्त्य गरेकै दिन बुधबारदेखि राजविराज नगरपालिकाले लकडाउन कडा गर्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन चार महिनापछि अन्त्य भएकै दिन राजविराज नगरपालिकाले भने समुदायमा कोरोना फैलिएकाले लकडाउन कडा गर्ने निर्णय गरेको हो ।
राजविराज ६ स्थित घरमै कोशी ग्यास र खाद्य बिज भण्डारको पसल रहेका ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको मृत्यु भएपछि ‘कन्याक्ट ट्याकिङ र ट्रेसिङ’ गर्दै जाँदा थप २ जनामा कोरोना पुष्टि भएपछि लकडाउन कडा गर्न चौतर्फी दवाव बढेकाले नगरपालिकाले लकडाउन पूर्ण पालना गर्ने, गराउने निर्णय गरेको हो ।