
बुटवल स्थित आरएसडिसी लघुवित्त वित्तीय संस्थाले युवा स्वरोजगार कोष परियोजना सञ्चालन गर्ने भएको छ । विदेशबाट फर्किएका युवाहरुले हासिल गरेका विभिन्न खालका सीपहरुलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्ने, मुलुकलाई आत्मनिर्भर बनाउने तथा मुलुकको आर्थिक सम्मृद्धिका लागि योगदान पुर्याउन यस्तो युवा स्वरोजगार कोष परियोजनामार्फत लगानी गर्ने भएको हो ।
कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार पौडलवीच आज एक समझदारीपत्रमा हस्ताक्षर भयो । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुवकुमार पौडेलले वित्तीय संस्थाले सहकारी संस्थाहरु मार्फत थोक कर्जा प्रवाह गरि रोजगारी सृजना गर्न सघाउ पुरयाउने धारणा राख्नुभयो । सो अवसरमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले कोषले निर्धारण गरेको लक्षित वर्गका वेरोजगार युवा तथा विदेशबाट सीप आर्जन गरेर स्वदेश फर्केका निम्नवबर्र्गीय परिवारका युवाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउन यो सम्झौताले सहयोग पुर्याउने बताउनुभयो ।