नेपाल सरकारले लामो समय देखि रिक्त दक्षिण कोरियाको लागि नेपाली राजदुत नियुक्त गरेको छ । दक्षिण कोरियाका लागि नेपाली राजदूतमा प्रा.डा.ज्योति प्याकुरेल भण्डारी नियुक्त भएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रा.डा.प्याकुरेललाई राजदूत नियुक्त गरेकी हुन् । लामो समय सम्म राजदुत नियुक्त नहुदा कार्यबाहक राजदुत मार्फत काम चलाउदै आएको थियो