रुकुम पश्चिमका बाँफीकोट गाँउपालिकाका ८५ जना मजदुरहरु भारतको केराला राज्यको बालुरमा अलपत्र परेका छन । मजदुरी गर्न गएका जिल्लाको बाफिकोट गाउँपालिका वडा नम्बर २ र ३ का ८५ जना मजदुरहरु अलपत्र परेको भन्दै नेपाल फिर्ताको लागी सहयोग गरिदिन सबै पक्ष सग आग्रह गरेका छन ।
बिश्वभरि महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस संक्रमणलाई संक्रमण बढन नदिन २१ दिन सम्म भारत पुर्ण रुपमा लगडाउन छ । यसै कारणले मजदुरहरु अलपत्र परेका हुन । ठुलो संख्यामा नेपाली उक्त क्षेत्रमा अलपत्र परेको बाँफीकोट ३ खोयापधेराका लाल बहादुर ओलीले बताए ।
आफु अझै २ चार दिन त्यहाँ टिक्न सक्ने तर लगडाउन लम्बियो भने अवस्था नाजुक हुने भएकाले समयमै नेपाल सरकारले आफुहरुको ब्यवस्थापनमा ध्यान दिन अनुरोध गरे । यो विश्वब्यपी समस्या हो यो संग जुध्न नेपाल सरकार र भारत सरकारले लागु गरेका नियमहरु पालना गदै आएको तर यो अवस्था लम्बियो भने आफुहरु भोकभोकै हुने हुदा दिर्घकालिन रुपमा उद्दारको लागी पहल गरिदिन हुने अनुरोध गरे ।
तीन महिना अगाडी केरला पुगेका उनीहरु बेखर्ची समेत भएका छन । हामीहरु सग अब सामान्य पकेट खर्च समेत छैन यो अभाब बढने छ भन्छन बाँफीकोट कै पशुपति पौडेल । उनीहरु सगै नेपालका विभिन्न जिल्ला बाट मजदुरी गर्न केरला पुगेका हजारौ नागरिक अलपत्र परेको बताइएको छ ।
केरला नेपालीहरु मजदुरी गर्न जाने चर्चित क्षेत्र हो । यता नेपाल सरकार र भारत सरकार बिच उच्च तहमा भएको छलफल बाट भारतको सिमा र नेपालको सिमामा अलपत्र परेका मजदुरहरु तथा अन्य नागरिकहरुको ब्यवस्था जो जहाँ छन त्यहीको सरकारले ब्यवस्था गर्ने निर्णय भएको छ । स्रोतका अनुसार नेपाmको सिमा क्षेत्रमा हजारौ मजदुरहरु अलपत्र छन ।
दुबै पक्षका देशका नागरिकहरु अलपत्र परेपछि दुइ देश बिच भएको सहमति अनुसार खाने बस्ने र अन्य स्वास्थ्य सुरक्षा जो जहाँ छ त्यही देशले गर्ने कुरा भएको स्रोतले बताएको छ ।